Responsive Ad Slot

latest

इटहरी बस पार्क क्षेत्रमा यौन धन्दा सञ्चालन जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ

Monday, June 4

/ by Admin BHOLA THAPA
इटहरी, जेठ २२ - इटहरी बस पार्क क्षेत्रमा बग्रेल्ती खुलेका क्याविन-रेष्टुरेन्टबाट आइतबार दिउँसो प्रहरीले ३१ जनालाई पक्राउ गरेको छ। किशोरीलाई राखेर यौन धन्दा सञ्चालन गर्दै आएका क्याविन-रेष्टुरेन्टबाट सात जना पुरुष र २४ जना किशोरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरी निरीक्षक श्याम सरु मगरका अनुसार पक्राउ पर्नेमा होटल सञ्चालक समेत छन्। पक्राउ पर्नेमध्ये एक जना झन्डै ३० बर्षकी महिला छीन बाँकी किशोरी छन्। किशोरीसँग मनोरञ्जन लिनकै लागि भारतबाट एक जना पनि पक्राउ परेका छन्।

पाँचवटा टोली बनाएर प्रहरीले बस पार्क क्षेत्रका होटलमा एकसाथ छापा मारेको थियो। 'प्रहरी टोली पुगेको सुइको पाउँनासाथ कतिपय भने भागभाग भए,' उनले भने, 'सवै भागभाग भएकाले गर्दा सवै होटलमा छापा मार्न पाइएन।' प्रहरीले ११ वटा क्याविन-रेष्टुरेन्टमा छापा मारेको थियो। पक्राउ परेका सवैका अनुसन्धान भइरहेको छ।

इटहरी तथा आसपासका क्षेत्रमा बग्रेल्ती क्याविन-रेष्टुरेन्ट खुलेका छन। यस्ता क्याविन-रेष्टुरेन्टमा साइनबोर्ड नराखी किशोरीलाई राखेर यौन धन्दा सञ्चालन गर्ने गरिएको छ। बेरोजगारी, अज्ञनता र अर्काको लहैहलैमा लागेर इटहरी तथा आसपासका क्षेत्रमा खुलेका क्याविन-रेष्टुरेन्टमा काम गर्ने किशोरीहरुले मासिक एक हजार पाँच सयदेखि दुई हजार पाँच सय सम्म पाउँने गरेका छन्।

क्याविन-रेष्टुरेन्टमा काम गर्ने किशोरीले मिठो परिकार होइन् तातो सेवा दिनुपर्छ। मनोरञ्जनको लोभमा क्याविन-रेष्टुरेन्ट जाने गरेकासँग किशोरीलाई प्रयोग गरी सञ्चालकले चर्को पैसा असुल्ने गरेका छन्।

अघिल्लो बर्ष उप्का नेपालले इटहरी क्षेत्रमा १ सय ९५ जना किशोरी यौन धन्दामा संलग्न भएको तथ्याङ्क सार्वनिक गरेको थियो। इटहरीमा यौन विकृती रोक्न बेला-बेलामा छलफल र चर्चा हुने गरेपनि अहिलेसम्म कसैबाट सार्थक प्रयास हुन सकेको छैन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सरु मगर भने अब नियमीत रुपमा क्याविन-रेष्टुरेन्टमा अनुगमन र चेकजाँच गरिने बताउँछन्।

इटहरी तथा आसपासका क्षेत्रमा दुई सयको हाराहारीमा क्याविन-रेष्टुरेन्ट छन्। अरु थप खुल्ने क्रममा छन्। सम्बन्धित नगरपालिका, गाबिस र घरेलु उद्योग कार्यालयमा यस्ता क्याविन-रेष्टुरेन्ट दर्ता गर्नुपर्ने भएपनि इटहरी तथा आसपास क्षेत्रका अधिकांस बिना दर्ता सञ्चालनमा रहेका छन्।
Don't Miss
© all rights reserved
made with by netKUTI