Responsive Ad Slot

latest

पांचदिने तराई बन्दको दोश्रो दिन बुटवलमा सामान्य प्रभाब I

Tuesday, May 15

/ by Admin BHOLA THAPA
पांचदिने तराई बन्दको दोश्रो दिन बुटवलमा सामान्य प्रभाब
कपिल ज्ञवाली
बुटवल जेठ २ गते । थरुहट÷थारुवान प्रदेशको सुनिश्चितता सहितको माग गर्दै थारु संयुक्त संघर्ष समितिले आव्हान गरेको पांचदिने तराई बन्दको दोश्रो दिन आजपनि तराई क्षेत्रका जिल्लाहरुमा विहानैदेखि जनजिवन कष्टकर बनेको छ ।
 संघर्ष समितीको बन्दका कारण रुपन्देही लगायत लुम्बिनी अञ्चलका तराई जिल्लाहरु नवलपरासी र कपिलबस्तुमा पनि विहानैदेखि बन्दकर्ताहरु बन्दलाई सफल पार्न विहानैदेखि सडक तथा चोकचोकमा खटिएका छन् । बन्द सफल पार्नका लागि शडकमा थरुहटका कार्यक्रर्ताहरु बसेका देखिन्थे ।विहानैदेखि सडकमा सवारीका साधन चलेका छैनन् भने व्यापार व्यवसाय पनि ठप्प रहेको छ ।
 यता बुटवलमा भने हिंजोको तुलनामा आज फाट्टफुट्ट रुपमा सवारीका साधन चलेका छन् । सार्वजनिक सवारीका साधन नचलेपनि निजी तथा मोटरसाईकलहरु बजारमा सामान्य रुपमा चलेका छन् । 
बन्दका कारण हिंजो भैरहवा तथा बुटवलबाट छुट्ने कुनै पनि सार्वजनिक सवारीका साधन चल्न नसकेपनि बुटवलबाट पाल्पा, गुल्मी तथा पहाडी जिल्लाका लागि छुट्ने सवारीका साधन भने छिटफुट रुपमा संचालनमा आएका थिए ।
बन्दका कारण यसक्षेत्रका उद्योग कलकारखाना, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्था सवै बन्द रहे ।

बुनपामा वहाल कर तिर्नेहरुको संख्यामा बृद्धि
कपिल ज्ञवाली
बुटवल जेठ २
बुटवल नगरपालिकामा बिगतका बर्षको तुलनामा यो आबमा वहाल कर तिर्नेहरुको संख्यामा बृद्धि भएको छ । आर्थिक बर्ष आ.व.६६÷६७ मा १७ लाख २९ हजार,६७÷६८ मा २४ लाख ९७ हजार ७ सय र यो चालु आर्थिक बर्षको बैशाखसम्मा ३१ लाख ८४ हजार ८ सय रुपैया“ वहाल कर उठेको हो ।यद्यपी अझै पनि ५० प्रतिशतले बहाल कर नबुझाएको नगरपालिकाले बताएको छ । नगरपालिकाका राजस्व शाखा अधिकृत विजयदेव भुर्तेलका अनुसार बहाल कर बुझाउनुपर्छ भन्ने सोचाई घरधनीहरुमा नहुदा समस्या भएको हो । नगरपालिकाले जनाए अनुसार बुटवलमा झन्डै २५ हजार घरधुरीहरु छन् । जसमा ब्यपारीक प्रयोजन र घरभाडामा लगाउने घरहरु आधाभन्दा बढिनै छन् । नागरिकहरु करको दायरामा आउनेक्रम बढेको छ । नगरपालिकाले स्थाानिय स्वायत्त शासन ऐन २०५५ अनुसार २ प्रतिशत बहाल कर उठाउने गरेको छ । पछिल्लो समयमा सरकारले समेत बहाल कर असुली सम्बन्धी निर्देशिका ल्याएपछि स्थानिय निकायहरुले बहाल कर उठाउने अभियानलाई तिव्रता दिएका हुन ।नगरपालिकाले यो आर्थिक बर्षमा ३५ लाख बहाल कर उठ्ने अनुमान गरेको छ । नगरपालिकाले २ प्रतिशत र आन्तरिक राजस्व कार्यालयले आयकर ऐन २०५८ अनुसार १० प्रतिशत बहाल कर उठाउदै आएको छ ।  बुटवल शहरमा बहाल कर ब्यवासयिहरुलेनै तिनुपर्ने भएकाले दोहोरो करको मारमा ब्यवासयिहरु परेका छन् । स्थानिय निकायमा उठाईने २ प्रतिशत बहाल कर उठाउनका लागि बुटवल नगरपालिकाले अहिले थप कडाई गरेको छ ।
लुम्बिनी प्रदेशको माग गर्दै रिले अनसन
कपिल ज्ञवाली
बुटवल जेठ २
लुम्बिनी प्रदेशका लागि नागरिक अभियानले लुम्बिनी प्रदेशको माग गर्दै आजदेखि रिले अनसन शुरु गरेको छ । बुटवलको ट्राफिकचोकमा गर्ने रिले अनसन बिहान ६ बजेदेखि सांझ ६ बजेसम्म जारी रहने अभियानले जनाएको छ । अनसन पूर्व आजै बुटवलमा शान्ति ¥यालि समेत निकालिएको थियो । ¥यालीमा यस क्षेत्रका विभिन्न सामाजिक संघसंस्था, उद्यँेगी व्यवसायी, तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । अभियानले लुम्बिनीको नामबाट प्रदेश बनाउन माग गर्दै आन्दोलन जारी राखेको हो ।

Don't Miss
© all rights reserved
made with by netKUTI