गौरव पहारीलाई दोस्रो पुस्ताको अभिनेताको पगरी गुथाउन मिल्छ। अभिनेता टीका पहारीका जेठा सुपुत्र गौरव केही समयपछि आफ्नै नामबाट चिनिने पथमा लम्किरहेका छन्। उनी निर्देशक गणेशदेव पाण्डेको निर्देशनमा छायांकन हुनै लागेको चलचित्र “मञ्जरी”का मुख्य नायक हुन्। प्रेमकथात्मक उक्त चलचित्रको छायांकन जेठको पहिलो साता आरम्भ हुँदैछ। चलचित्रमा नायक हुन गौरव भेटरान् अभिनेता टीका पहारीको सुपुत्र हुनुले मात्र पुगेन, त्यसका लागि उनले आधा दशक पूर्वाभ्यास पनि गरेका छन्। अभिनय आदि प्रशिक्षणका लागि गौरव चार वर्ष त मुम्बई बसे। किशोर नमित कपुरको प्रशिक्षण केन्द्रमा हरेक किसिमका प्रशिक्षण प्राप्त गरिसकेपछि मात्र उनी अब चलचित्रमा देखिने भएका छन्। मुम्बई बसाईंका दौरान गौरवले एउटा भोजपुरी चलचित्र, एउटा चिप्सको विज्ञापनका साथै आधा दर्जनभन्दा बढी लघु चलचित्रमा अभिनय गर्न भ्याए। त्यसमध्ये एउटा लघु चलचित्र “लाइफ समवेय”ले क्यानेडियन इन्टरनेसनल फिल्म फेस्टिभलमा “बेष्ट सर्ट फिल्म”को एवार्ड पनि पाएको थियो। अभिनेता गौरवसँग सुव्रत आचार्यको जम्काभेटः
बुवा एक स्थापित अभिनेता हुनु भएकाले चलचित्र पाउन कत्तिको सजिलो भयो र? बुवाकै कारणले मैले डेब्यु गर्न पाएको भन्न मिल्दैन। “मञ्जरी”का निर्देशक गणेशदेव पाण्डे मुम्बईमा भेट भएका मित्र भएकाले पनि होला उहाँले ममा आफ्नो चलचित्रको चरित्र पाउनुभएछ।
टीका पहारीको छोरा भनेरै त्योभन्दा अघि पनि त निकै अफर आए होलान नि ?
बुवाले मेरो नामबाट छोराले काम गरोस् भन्ने कहिल्यै चाहनु भएन। उहाँ आफ्नो नाम आफैं बनाउ भन्नुहुन्छ। यस्तोमा उहाँले कसैलाई मेरो छोरालाई चलचित्रमा खेलाउ भन्नु त टाढाको कुरा हो। यहाँ धेरैलाई मेराबारेमा थाहा थिएन। संभवत म नेपालमै नभएकाले होला, तर मञ्जरी साइन गरेपछि भने मलाई केही निर्देशकले अफर गर्नुभएको छ। म जे जस्तो हुन्छु, आफ्नै संघर्षबाट हुन्छु भनेर लागि परेको छु।
कस्ता खालका भूमिकाको अफर आएका छन् ?
अफर आएका त छन्, तर मैले भूमिकाका बारेमा जानकारी लिनै खोजेको छैन। तत्कालमा मेरो मनमा (मञ्जरी) को चरित्र उतारिरहेको छु। म ुडाइभर्टु हुन चाहन्न। “मञ्जरी” को छायांकन सकिएपछिको अवस्थामा मलाई सुहाउने र मनपर्ने प्रस्ताव आएछ भने विचार गर्न सकिन्छ। आखिर मैले मेरो कर्मक्षेत्र यसैलाई बनाउने निधो गरिसकेँ। मुम्बईको प्रशिक्षणबाट कत्तिको दक्ष हुनुभएको छ?
अभिनय भन्ने कुरा कसैले सिकाएर सिकिने होइन, अभिनय भनेको कला हो, जुन स्वत कलाकारको रगतमा हुन्छ। यो कुरा हाम्रा प्रशिक्षक किशोर नमित कपुर पनि भन्नुहुन्छ। एक्टिङ स्कुलबाट मैले बढी ल्याङ्वेज सिकेँ। क्यामेरा सामू जाँदाको नर्भसनेस हटाइयो अनि आफूमा आत्मविश्वास बढाइयो।
चलचित्रमा नायक हुन त्यति मात्र भएर पुग्ला त ?
पुग्ला भनेर त भन्दिनँ। अभिनय भन्ने कुरा जति गर्दै गयो उति सिकिँदै गइन्छ। मैले स्वीमिङ, डान्स, फाइट, ड्राइभिङ आदिको प्रशिक्षण पनि लिएको छु। सिकेर कहिल्यै सकिँदैन। त्यसैले अब काम गर्दै आफूलाई अनुभवी बनाउँदै जाने विचारमा छु।
मञ्जरीकी नायिका सुजाता कोइरालालाई मिडिया सामू किन लुकाइँदै छ ?
यो प्रश्नको उत्तर हाम्रा निर्देशक गणेशदेव पाण्डेसँग सोध्नुहोला। मलाई पनि थाहा भएन
श्रोत- साप्ताहिक