धर्मिन्द्रा शाह,
डडेल्धुरा , जेष्ठ १ गते ।अखण्ड सुदूर पश्चिमको माग राखेर भएको बन्दका क्रममा सोमबार विहान डडेल्धुरा जिल्लामा एउटा एम्वुलेन्सले अबैध मदिरा बोकेको भेटीएको छ । धनगढीबाट अवैध मदिरा बोकेर बझाङ्ग तिर गइरहेको सरकारी नम्बर प्लेटको से १ झ २१२ नम्बरको एम्वुलेन्सलाई डडेल्धुरामा बन्दकर्ताले सोमबार बिहान नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन ।
बन्दमा एम्बुलेन्सलाई निर्वाध रुपमा चल्न दिएको मौका छोपी मदिरा ढुवानी गरेको आन्दोलनकारीहरुको आरोप छ । डडेल्धुराको बागबजार पुगेको एम्बुलेन्स रोकेर हेर्दा मदिरा र यात्रु बाकेको भेटिएको नेकपा एमाले डडेल्धुराका अध्यक्ष विक्रम शाहीले बताउनु भयो ।
आफुहरुलाई बुझाएको एम्वुलेन्समा ठूलो परिणाममा मदिरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख विनोद घिमिरेले बताएका छन् । उनका अनुसार प्राथमिक स्वास्थ्य सेवा केन्द्र देउलेक बझाङ्गको एम्वुलेन्स सहित चालक २५ वर्षिय जगदिश बोहरालाई नियन्त्रणमा लिएको छ ।