Responsive Ad Slot

latest

बन्दी जीवन I

Sunday, May 13

/ by Admin BHOLA THAPA
इन्द्रमणि नेपाल

मिर्मिरे उज्यालो सँगै
उनको अनुहारमा रात पर्छ
किन किन दिनको उज्यालो भन्दा
रानी साहिबालाई
रातको अँध्यारो प्यारो लाग्छ
जब मिर्मिरेमा चराहरुको
चिरबीर आवाज कानमा पर्छ,
तब उनका हातहरु नकावको खोजिमा हुन्छन्
किनकी दिनको उज्यालोमा
समाजको सामु
उनको अनुहार प्रदर्शन
निषेध गरेको छ
यहाँको कडा कानुनले
बन्द कोठामा जब,
टेलिभिजनका पर्दाहरुमा
निर्धक्क स्वतन्त्र नर नारीहरु
एक अर्कालाइ आलिङ्गन गर्दै
एक आपसमा माया साटासाट गर्छन्
अनि हाँस्दै रमाउदै
शहर बजार तथा
चोक गल्लीहरुमा रमाइरहेका हुन्छन्
तब रानी साहिबा,
आफुलाइ कुनै निष्पट्ट जेलको
बन्दी झैं महसुस गर्छीन्
उनलाइ पनि मन लाग्छ
आफ्नो सुन्दरता छर्न
आफ्नो रुपको प्रदर्शन गर्न
शहरभरीका सौन्दर्यका
पुजारीहरुलाइ बाँड्न
अनि सुन्दरताको प्रशंसामा
आफ्नो तारिफ सुन्न
तर यो सब कहाँ ??
किनकी उनी त
खाडिकी रानी साहिबा पो हुन् त
उनलाई नकावदेखि रिस उठ्छ
च्यातेर धुजाधुजा पार्न मन लाग्छ
जीवनमा कहिल्यै नहेर्ने गरी
त्याग्न मन लाग्छ
घृणा लाग्छ आफ्नो समाज देखि
अनि यहाँको रिती रिवाजदेखि
जब आफ्नो सुडौल शरिर
नग्न बनाउदै हेर्छिन् उनी दर्पणमा
आफैंलाइ डाहा लाग्छ
मिलेको शरीरमा
ढकमक्क फुलेको जवानी
र खुलेको सौन्दर्य
मन्त्रमुग्ध पार्ने लोभलाग्दो बैंश
केवल बन्द कोठाभित्र
दोषी बन्दी झैं ।।
हाल दोहा कतार
Don't Miss
© all rights reserved
made with by netKUTI