धर्मिन्द्रा शाह,
डोटी, वैशाख २८ गते । विहीवार डोटीको खिर्सैन गाविस ९ फुलौटमा चटयाङ पर्दा एकै परिवारका ६ जना घाइते भएका छन । स्थानियवासि नरवहादुर विकको घरमा विहीवार विहान चटयाङ परेको थियो ।
चटयाङबाट ४८ वर्षिय नरवहादुर विक, उनकी ३९ वर्षिय श्रीमती जयन्ति विक, १४ वर्षिय छोरी डम्वरी विक र क्रमशः १०, ६ र ३ वर्षका छोराहरु विक्रम, रोशन र दिपक घाइते भएका छन । घाइते भएका सवैलाई उपचारका लागि जिल्ला अस्पताल शिलगढीमा विहिवार दिउसो ल्याइएको छ । सवै परिवार घर भित्र वसिरहेको अवस्थामा चटयाङ परेको जनाईएको छ ।