तनहुँ बैशाख २७ गते । जातिय राज्यको बिपक्षमा रहनेहरुको साझा सस्था ब्राह्मण क्षेत्री, दशनामी,ठकुरी र दलितहरुको संयुक्त सर्घष समिति तनहुँ क्षेत्र नं ३ को बुहद भेला आज दुलेगौडाको शिवनगर झरौटामा सम्पन्न भयो । सो कार्यक्रमको प्रमुख अतिथी क्षेत्री समाज नेपालका केन्द्रीय सल्लाहकार प्रा।डा। चन्द्रबहादुर थापा रहनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी थापाले जातियताले देश बिखण्डन तर्फ जाने हुदा यसको ंरक्षाका लागी आफुहरु कुनै कसर बाँकी नराखी आन्दोलनमा उत्रने चेतावनी दिनु भएको थियो । साथै वहाले जातीय संघियाताको बिपक्षमा उभिने अन्य जात जातीले पनि आन्दोलनमा सहयोग गरेकोले अब आफुहरु निश्चित बिन्दुमा पुग्न लागेको बताउनु भएको थियो ।
ब्राह्मण समाज नेपालका केन्द्रीय पार्षद दिब्यरमण अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा तनहुँ क्षेत्र नं ३ का जातीय संघियाताका बिरुद्धमा रहेका शान्तिगामी नागरिकहरुको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रममा ब्राह्मण समाज नेपालका क्षेत्रीय प्रतिनिधी खेमराज खनाल, तनहुँ ब्राह्मण समाजका सल्लाहकार गणेशप्रसाद शर्मा , खैरेनिटार क्षेत्री समाजका अध्यक्ष श्याम केशी , दुलेगौडा क्षेत्री समाजका अध्यक्ष पदमबहादुर ढकाल , दुलेगौडा सघर्ष उपसमितिका संयोजक हरि खड्का ,कृष्णराज पण्डित , दुलेगौडा ८ बेलचौतारा सर्घष उपसमितिका संयोजक बाबुराम कार्की , ब्राह्मण समाज दुलेगौडाका ठकुरी समाज तनहुँका श्याम खाँड , दलित समाजका प्रतिनिधी भविराज बि।क। दशनामी समाजका प्रतिनिधी बुद्धिसागर गिरी ,ब्राह्मण समाज ढोरर्फिदीका अध्यक्ष भोलानाथ भट्टराई , क्षेत्री समाज तनहँुका सदस्य झपटबहादुर केशी, मानव जागरण अभियानका जिवन सागर लगायतले बोल्नु भएको थियो ।
साथै हिजो सम्पन्न भेलाले आजा साझ ७ बजे खैरेनि ,बेलचौतारा ,दुलेगौडा, कोत्रे ,ढोरर्फिदी , भिमाद लगायतका क्षेत्रहरुमा जाती राज्यका बिरुद्धमा मसाल जुलुस निकाल्ने निर्णय भएको छ , साथै सम्पन्न भेलाले २८ र २९ गते नेपाल बन्द सफल पार्न टोल बजार र सडकमा उपस्थित भै कार्यक्रम भब्य र सभ्य रुपमा सफल पारि दिन सबैमा आग्रह समेत गरेको छ