Responsive Ad Slot

latest

भारतीय दूतावासद्वारा विष्फोटको भर्त्सना

Wednesday, May 2

/ by Admin BHOLA THAPA
काठमाडौ, वैशाख २० -  
भारतीय दूतावासले बुधबार एक बिज्ञप्ति जारी गरी हालै जनकपुरमा भएको बम बिष्फोटको भर्त्सना गरेको छ । साथै उसले उक्त घट्नाका प्रभावितहरुको परिवारलाई संवेदना ब्यक्त गरेको छ । 
'काठमाडौंमा रहेको भारतीय दूतावास हालै तराई क्षेत्रमा बम बिष्फोटनको भर्त्सना गर्दछ र उक्त हिंसाबाट प्रभावितहरुको परिवारप्रति संवेदना ब्यक्त गर्दछु' बिज्ञप्तिमा भनिएको छ, 'यस प्रकारको हिंसात्मक कार्यको कुनै हालतमा औचित्य छैन, यस कार्यका दोषीहरुलाई न्यायको कठघरामा ल्याउने कुराको हामी आशा गर्दछौं ।'
सोमबार जनकपुरमा गरिएको बम बिष्फोटनमा चार जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका छन् । शान्तिपूर्ण धर्नामा बसेकाहरुलाई लक्षित गरी गरिएको उक्त बिष्फोटनको सर्वत्र विरोध र निन्दा गरिएको छ
Don't Miss
© all rights reserved
made with by netKUTI