काठमाडौ , जेष्ठ १०
संविधान निर्माण, संविधानसभाको
म्यादलगायतका विषयमा आज राष्ट्रपति डा.रामवरण यादव र एकीकृत नेकपा माओवादी
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न
अध्यक्ष प्रचण्ड राष्ट्रपति भवन शितलनिवास पुग्नुभएको थियो । राष्ट्रपति
यादवले संविधानसभाको म्याद थपका विषयमा सर्वोच्च अदालतको फैसलालाई ध्यान
दिन आग्रह गर्नुभएको बुझिएको छ ।