Responsive Ad Slot

latest

दोस्रो दिनको नेपाल बन्दका क्रममा केही स्थानमा तनाव

Monday, May 21

/ by Admin BHOLA THAPA
काठमाडौँ, जेठ ८दोस्रो दिनको नेपाल बन्दका क्रममा केही स्थानमा तनाव
आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आह्वान गरेको तीन दिने बन्दको दोस्रो दिन आज पनि विहानैदेखि देशभरको जनजीवन प्रभावित भएको छ । राजधानीका सडकमा गाडीहरु कमै चलेका छन् । चोकचोकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । बन्दका कारण शैक्षिक संस्था, कलकारखाना, उद्योगधन्दा चलेका छैनन् । हिजोको बन्द हिंसात्मक र प्रेसलक्षित भएपछि आज बन्दकर्ता र सरकारबीच वार्ता हुने बताइएको छ ।

ललितपुरको ग्वार्को, इमाडोललगायतका क्षेत्र बढी तनावग्रस्त बनेका छन् । ती क्षेत्रमा बन्दकर्ता र बन्द खुलाउनेबीच झडप भएको छ । झडपमा थुप्रैं व्यक्ति घाइते बनेका छन् । दुई पक्षबीच ढुंगा हानाहान भएर क्षति हुने अवस्था आएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्याँस प्रहार गरेको छ । घरेलु हतियारसहित भेला भएकाबीचको झडपमा घाइते भएकाको उद्धारका लागि एम्बुलेन्स पुग्न समेत धौं–धौं परेको छ ।

काठमाडौंको बालाजु, गोंगबु, महाराजगञ्ज, चाबेल, गौशाला, बानेश्वर, कलंकी, कीर्तिपुर लगायतका क्षेत्र अलि बढी आक्रामक बनेको छ । नयाँबजारको धारा गल्लीमा विहान खुलेका पसल बन्दकर्ताले तोडफोड गरेको स्थानीयवासीले बताएका छन् । ११ प्रदेशको सहमति खारेजी, पहिचानसहितको संघीयता, आदिवासी जनजातिका हक अधिकार सुनिश्चित गर्नुपर्ने लगायतका माग राखेर जनजातिहरु आन्दोलनमा छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI