कपिलवस्तु, जेठ ९ - बृहद मधेशी मोर्चाका कार्यकर्ता र जीप समितिका
पदाधिकारीबीच भएको झडपमा ६ जना घाईते भएका छन् । वन्दको अवज्ञा गरेर जीप
चलाएको भन्दै वन्दकर्ताले जीप रोक्न खोज्दा दुवै पक्ष विच झडप भएको हो ।
झडपमा परी मधेशी मोर्चाका बरुन सिंह र सोमनाथ पाण्डे घाईते भएका छन् ।
त्यसैगरी जीप समितिका अध्यक्ष जावेद आलम खां, समितिका पदाधिकारी कलिम
मुसलमान, अतिउल्लाह मुसलमान र राकेश बढई घाईते भएको प्रहरीले जनाएको छ ।
घाईतेहरुको स्थानीय शिवराज अस्पतालमा उपचार भइरहेको छ ।