Responsive Ad Slot

latest

जाजरकोटका अधिकांश बालबालीकाहरु कुपोषपीडित ।।

Saturday, May 26

/ by Admin BHOLA THAPA
रामकुमार शाही, जाजरकोट, जेष्ठ १३
मध्यपश्चिमको दुर्गम पहाडी जिल्ला जाजरकोटका बालबालीकाहरु कुपोषणको शिकार हुने गरेको पाइएको छ । विषेशगरी जिल्लाका उत्तरी, पूर्वि, र पश्चिममा रहेका दर्जनबढी गाविसका बालबालिकाहरु कुपोषणको शिकार हुने गरेको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ । गाउँ घरमा जनचेतनाको कमिले गर्दा कुपोषणले बालबालिकालाई प्रभावित बनाएको कार्यालयको भनाई छ । हाल जाजरकोटमा रहेका १७ स्वास्थ्य केन्द्रबाट कुपोषण पीडित बालबालीहरुले उपचार पाईरहेको जिल्ला स्वास्थय कार्यालय जाजरकोटका प्रमुख डाक्टर विवेककुमार लालले जानकारी दिनुभयो
हालसम्म जिल्लामा कुपोषण पीडित नौ सय बालबालीकाहरुको उपचार पाइरहेका छन् । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा ७२ जना कुपोषण पीडित बालबालीहरुले पनि उपचार पाइरहेका छन् । उनीहरुलाई कार्यालयले सञ्चालन गरेको समुदायमा आधारित कुपोषण व्यवस्थापन कार्यक्रम अन्र्तगत उपचार गरिरहेको छ । यता जिल्लामा कुपोषित बाललबालिकाहरुको संख्यामा वृद्धि भएपनि नवजात शिशुमृत्युदर भने घटेको कार्यालयले जनाएको छ । जिल्लामा गत वर्ष शिशुमृत्युदर ४५ प्रतिशत रहेकोमा यसवर्ष २९ प्रतिशतमा झरेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI