काठमाडौँ, जेठ २
सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सहज गर्न नेपाल आयल निगमलाई रु २ अर्ब १० करोड ऋण सहायता दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले अर्थ मन्त्रालयबाट रु ५० करोड, कर्मचारी सञ्चय कोषबाट रु ६० करोड र नागरिक लगानी कोषबाट रु १ अर्बसमेत गरी रु २ अर्ब १० करोड नेपाल आयल निगमलाई ऋण दिने निर्णय गरेको मन्त्री वर्षमान पुनले जानकारी दिनुभयो । यसैगरी गत फागुन ५ गते काठमाडौँको बबरमहलमा भएको बम विस्फोटनमा परी निधन भएका धादिङका कृष्णबहाहर तामाङ, वीरबहादुर तामाङ र मानबहादुर तामाङका आश्रित परिवारलाई प्रतिपरिवार रु आठ लाख ५० हजार आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेकोछ ।
सरकारले नेपाल बार एसोसिएसनलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसिआर) बाट उपलब्ध हुने ल्याण्डक्रुजर गाडीमा लाग्ने भन्सार र अन्तःशुल्क छुट दिने पनि निर्णय गरेको छ । यसैगरी, बैंककमा हुने एसिया प्यासिफिक क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक र सामाजिक आयोग (स्क्याप) को बैठकमा भाग लिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीलाई पठाउने निर्णय पनि बैठकमा भएको छ ।