Responsive Ad Slot

latest

विवाद मिलाउन दलहरु छलफल गर्दै, माओवादी र मोर्चाको छलफल जारी ।।

Tuesday, May 22

/ by Admin BHOLA THAPA
काठमाडौं, जेठ ९
राज्य पुनर्संरचना बारे जारी विवाद मिलाउने प्रयासस्वरुप प्रमुख तीन दल र मधेसी मोर्चाबीचको बैठक आज पनि बस्दैछ । तीनदलको बैठक बस्नु अघि दलहरु अहिले आन्तरिक छलफलमा जुटेका छन् । एकीकृत नेकपा माओवादी र मधेसी मोर्चाको छलफल भइरहेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिमपाटमा भइरहेको छलफलमा कांग्रेस र एमालेले राखेको अडान र राज्यपुनर्संचना अन्र्तगत संघिय खाका विषयमा छलफल भइरहेको छ । संविधान जारी गर्नुपर्ने समय पाँच दिन मात्र बाँकी रहेकोले राज्यपुनर्संरचना, शासकीयस्वरुप लगायतका विवादित विषयमा ठोस सहमति गर्न दलहरुले आज पनि आन्तरिक तथा बहुपक्षीय छलफल गर्न लागेका हुन ।
तीन दल र मोर्चाले आजै छलफल गर्ने बताइए पनि समय र स्थानको टुङ्गो नलागेको एमाले नेता भीम रावलले सीआईएनलाई जानकारी दिनुभयो । सहमतिको लागि हिजो बसेको प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको बैठक आरोपप्रत्यारोपका कारण निष्कर्षविहिन भएको थियो । एकीकृत माओवादीले संघीयताविनाको संविधान जारी गर्ने षड्यन्त्रमा नेपाली काङ्ग्रेस र नेकपा एमाले लागेको आरोप लगाएको छ । काङ्ग्रेस र एमालेले भने बिगतमा भएको सहमतिबाट माओवादी पछि हटेका कारण कुनै सहमति हुन नसकेको बताएका छन् । एमाले नेता रावलले माओवादीले संविधानसभामा एकलौटी रुपमा बहुमत पु¥याएर जाने प्रयास गरेको र त्यस्तो प्रक्रिया काङ्ग्रेस र एमालेलाई मान्य नहुने बताउनुभयो । गएको जेठ २ गते प्रमुख तीन दलबीच राज्यपुनर्संरचना गर्दा ११ प्रदेश बनाउने सहमति भएको भए पनि माओवादीले सहमति पुनर्विचार गर्नुपर्ने बताएपछि दलहरुबीचको दुरी बढेको हो ।
Don't Miss
© all rights reserved
made with by netKUTI