कञ्चनपुर, ३ जेठ-
अखण्ड सुदूरपश्चिमको माग राख्दै सुदूरपश्चिम जागरण मञ्चका पदाधिकारी १८ दिनदेखि रिले अनशनमा बसेका छन् ।
अखण्ड सुदूरपश्चिमको माग राख्दै सुदूरपश्चिम जागरण मञ्चका पदाधिकारी १८ दिनदेखि रिले अनशनमा बसेका छन् ।
अखण्ड सुदूरपश्चिमको माग राख्दै
सुदूरपश्चिम जागरण मञ्चका पदाधिकारी १८ दिनदेखि रिले अनशनमा बसेका छन्
। कैलाली र कञ्चनपुरलगायत अन्य पहाडी जिल्लामा अखण्ड सुदूरपश्चिमको आन्दोलन
सुरु भएसँगै जागरण मञ्चले वैशाख १७ गतेदेखि जिल्ला प्रशासन कार्यालय
कञ्चनपुर अगाडि रिले अनशन सुरु गरेको हो । एकीकृत नेकपा (माओवादी)ले
प्रस्ताव गरेको १० प्रदेशको विरोधमा जागरण मञ्चले कञ्चनपुर बन्दसँगै अनशन
सुरु गरेको थियो । मुलुक सङ्घीय संरचनामा जाँदा सुदूरपश्चिमको मौजुदा
संरचनालाई यथावत् राखिनुपर्ने माग जागरण मञ्चको रहेको छ । सरकारले अखण्ड
सुदूरपश्चिमको आन्दोलनकारीलाई वार्तामा बोलाई सक्दा पनि मञ्चले आन्दोलनका
अन्य कार्यक्रम फिर्ता लिए पनि अनशन स्थगित गरेको छैन । लामो समयदेखिको
अनशनले अनशनकारी स्वास्थ्य अवस्थासमेत खराब हुन थालेको छ । मञ्चका प्रवक्ता
हेमबाबु लेखकले अखण्ड सुदूरपश्चिमको माग पूरा नभएसम्म अनशन स्थगित नहुने
बताउनुभयो । रासस