काठमाडौँ, जेठ १०- नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले संविधानसभाको
म्याद थप्न नहुने बताएका छन्। कोइराला निवास महाराजगन्जमा राति पत्रकार
सम्मेलन गरी कोइरालाले स्वतन्त्र न्यायपालिकामा विश्वास राख्ने पार्टीले
न्यायालयको निर्णय आइसकेको अवस्थामा म्याद थप्ने कुराले अदालतको निर्णयको
अपहेलना हुने बताए।
उनले भने- संविधानसभाको म्याद थप्न हुन्न, यो कुरा कुनै पनि स्थितिमा नेपाली काँग्रेसलाई मान्य हुँदैन, यसले अदालतको अपहेलना हुन्छ।
मन्त्रिपरिषद्को आजको बैठकले संविधानको तेह्रौँ संशोधनमार्फत् संविधानसभाको म्याद तीन महिना थप्ने निर्णय गरेपछि सभापति कोइरालाको त्यस्तो भनाइ सार्वजनिक भएको हो।
सभापति कोइरालाले चार दलको बैठकमा हठात्रूपमा म्याद थप्ने कुरा आएको तर त्यसमा आफ्नो पार्टीको तर्फबाट विरोध जनाएको बताए।
न्यायालयको निर्णय हुँदाहुँदै संविधानसभाको म्याद थप्ने जुन निर्णय भयो त्यसमा मेरो विरोध छ उनले भने।
सभापति कोइरालाले एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको अवस्थामा म्याद थप्नुपर्ने कुरा गरेको तर चार/पाँच वर्षदेखि शान्ति र संविधानका बारेमा छलफल गर्दा पनि कुनै टुङ्गो लाग्न नसकेको उल्लेख गरे।
काँग्रेस सरकारबाट फिर्ता हुन्छ वा हुँदैन भन्ने पत्रकारहरूको जिज्ञासामा कोइरालाले पार्टीमा हरेक निर्णय व्यक्तिगत रूपमा नभई संस्थागत ढङ्गबाट छलफल गरेर निर्णय गर्ने बताउँदै सरकारबारे पनि पार्टीले निर्णय गर्ने बताए।
उनले मुलुकमा विद्यमान समस्याहरूलाई सहमति, छलफल, समझदारीबाट नै समाधान निकाल्नुपर्नेमा जोड दिए।
काँग्रेसले जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूको संस्थागत गर्ने कुरामा दलहरूसँगको छलफलमा अधिकतम् लचकता प्रदर्शन गरे पनि माओवादीले अड्को थापेको आरोप लगाए।
लचकताकै कारण काँग्रेसले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा सहमति जनाए पनि अन्य विषयमा माओवादी लचक नभएको उल्लेख गरे।