मन्त्रिपरिषद् आज तेस्रोपटक विस्तार ।।
काठमाण्डौ ,जेष्ठ ७
प्रधानमन्त्री डा बाबुराम भट्टराईले आज
तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । आज नेकपा माले, माले
समाजवादी र चुरे भावर राष्ट्रिय एकता पार्टीका नेताहरुलाई सरकारमा सहभागी
गराएर प्रधानमन्त्रीले मन्त्रिपरिषद बिस्तार गर्नु भएको हो । नेकपा मालेका
पोलिटव्युरो सदस्य कुमार बेल्बासेलाई श्रम तथा यातायात, माले समाजवादीका
यधुवंश झालाई वन र चुरे भावरका बद्री न्यौपानेलाई महिला तथा बालबालिका
मन्त्री पदको सपथ ग्रहण गराइएको छ । सपथ ग्रहण कार्यक्रम राष्ट्रपति
कार्यालय शीतल निवासमा विहान भएको हो । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष
समेत रहनु भएका भट्टराई नेतृत्वको सरकारमा नेपाली काङ्ग्रेस, नेकपा एमाले र
मधेसी मोर्चा यसअघिनै सहभागी भइसकेका छन् ।