काठमाडौं, जेठ ८ - सगरमाथा आरोहण गरेर फर्किनेक्रममा एकको
मृत्यु भएको छ। ६२ वर्षीय जर्मन नागरिक डा. एरिक एभरहार्ड स्काफको मृत्यु
भएको पर्यटन मन्त्रालयले जनाएको छ। सगरमाथा शिखरमा पुगेर फर्कनेक्रममा
स्काफको ८ हजार ७ सय मिटर उचाईमा शनिबार मृत्यु भएको हो।
उनको मृत्युको आधिकारिक जानकारी दुई दिनपछि प्राप्त भएको हो।
एसियन ट्रेकिङ प्रालिबाट आरोहणमा उनी सगरमाथा पुगेका थिए।
नेपाली मुलकी क्यानेडियन ३३ वर्षीया श्रीया शाह पनि सगरमाथामै वेपत्ता भएको पर्यटन मन्त्रालयका नायव सुब्बा कमल श्रेष्ठले जानकारी दिए। 'सगरमाथाको सफल आरोहण गरी फर्कनेक्रममा ८ हजार ६ सय ५० मिटरमा आइपुगेपछि उनी सम्पर्कविहीन छिन्,' उनले नागरिकन्युजसँग भने, 'उनको खोजी जारी छ।'
त्यस्तै कोरियाका वन विन सोङ र चीनका एक आरोही पनि हराइरहेका छन्।