Responsive Ad Slot

latest

पशुपतिमा बेलपत्र 'मूर्तिसम्मै पुर्‍याउनू'

Monday, May 21

/ by Admin BHOLA THAPA
(तनहुँखबर सम्ब्दाता )काठमाडौं, जेठ ८ - सर्वोच्च अदालतले पशुपतिनाथको मन्दिरमा चढाइएको फलफूल/बेलपत्रलाई मुर्तिसम्म पुर्‍याउने व्यवस्था गर्न पशुपति विकास क्षेत्रको नाममा आदेश दिएको छ। भक्तजनहरुले श्रद्धाले चढाएको फूलबेलपत्र बाहिर डोकोमा राखेर मुर्तिसम्म नपुर्‍याएको भन्दै १० दिनअघि सर्वोच्चमा परेको रिटको सुनुवाईमा आईतबार अदालतले कोषका नाममा अन्तरिम आदेश जारी गरेको हो।
न्यायाधीशद्वय कल्याण श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्कीको संयुक्त इजलासले भण्डारीलगायत मुर्तिसम्म पहुँच हुनेले भक्तजनहरुले आस्थाले चढाएको पूजा सामग्री चढाइदिन आदेश दिएको हो।
भक्तजनहरुले मन्दिरमा पुर्‍याएको फूल प्रसादहरुलाई भण्डारीले मुर्तिसम्म नपुर्‍याएको गुनासो आएका बेला कुनै पनि नियमावलीले रोक नलगाएको भन्दै त्यसलाई व्यवस्था गर्न आदेशमा भनिएको छ।
'भक्तजनहरुले ल्याएको बेलपत्र फूल प्रसादहरु मन्दिरको ढोका अगाडी राखिएको भाँडोमा समर्पण गर्न मन्दिर भित्र पहुँच पाउने भण्डारीले नन्दी सम्म पुर्‍याउन सक्नेमा त्यसतो नगरेको भन्ने गुनासो देखियो,' आदेशमा भनिएको छ, 'त्यसतो गर्न वर्तमान नियमावलीले कुनै रोक लगाएको नदेखिँदा बेलपत्र फूल भण्डारीले ग्रहण गरी भक्तजनको आस्था कायम गर्न कुनै वाधा अवरोध नगर्नु भनि आदेश जारी गरिएको छ।'
भक्तजनहरुको फूल चढाएर समर्पित भएको अनुभुति धार्मिक आस्था र आत्म सन्तुष्टिको विषय भएकोले त्यसतो आस्था एवं आत्मसन्तुष्टिमा धक्का लाग्ने काम प्रत्यक्ष/परोक्ष रुपमा पनि गर्न दिन नहुने आदेशमा छ। दैनिक हजारौं भक्तजनहरुले आस्थाले दर्शन गर्न पाउने कुरा कोषले मिलाउनुपर्ने भन्दै त्यसको व्यवस्थापन स्वयं कोषले गर्नुपर्ने आदेशमा भनिएको छ।
Don't Miss
© all rights reserved
made with by netKUTI