काठमाडौं, जेठ ८- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले सातै दिनमा सबै
जातजातिको पहिचानसहितको संविधान बन्ने दाबी गरेका छन्। उनले
आदिवासी जनजातिको संघर्ष आत्मपहिचानका लागि जायज भएको पनि दाबी गरे।
'अबको सात दिनभित्रै सम्पूर्ण जातजातिको अधिकार स्थापित हुने गरी संविधान बन्छ,' राज्यद्वारा बेपत्ता योद्धा परिवार समाजको प्रथम स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग उनले भने, 'दलहरुबीच नयाँ शिराबाट छलफल सुरु भएको छ, यो छलफलले सकारात्मक निकास निस्कन्छ, त्यसका लागि माओवादी सकारात्मक छ।'
आदिवासी जनजाति संघर्ष समितिद्वारा आयोजित नेपाल बन्दका क्रममा भएको तोडफोड र आगजनीप्रति दुःख व्यक्त गर्दै उनले कोहीकसैले पनि जनधनको क्षति पुर्याउनु नहुने औंल्याए।
'आफ्नो अधिकार माग्दा अर्काको अधिकार खोस्नु हुँदैन भन्ने सबैले बुझ्न जरुरी छ,' दाहालले भने। उनले सबै तह र तप्काबाट उठाइएको मागको उचित सम्बोधन गरेर मात्रै देश अगाडि बढ्न सक्ने र जनताले आफ्नो अधिकार प्राप्त गर्न सक्ने बताए।