अशोक पहाडी, रौतहट, जेष्ठ १३
बिहीबारबाट रौटहटको भन्सार बन्द भएपछि ८
लाखको नोक्सान भएको छ । बृहत मधेसी मोर्चाका कार्यकर्ताहरुले सदरमुकाममा
रहेको गौर भन्सार कार्यालयको ढाट बन्द गराएपछि गौर भन्सार कार्यालयले
उठाउने गरेको राजस्व प्रभावित बनेको छ । दैनिक सरदर ४ लाख राजस्व उठाउँदै
आएको भन्सार कार्यालयले बिहीबार र शुक्रबार गरेर ८ लाख राजस्व गुमाएको
कार्यालयका कर्मचारीले बताएका छन् । केही दिन अघिसम्म चहलपहल हुने गरेको
सदरमुकाम गौर सरकारी कार्यालय बन्द गराइएपछि सुनसान बन्न पुगेको छ ।
यातायात तथा बजार बन्द गराउँदै आएका मोर्चा सम्बद्ध दलका कार्यकर्ताहरुले
आफूहरुको मागप्रति सरकार गम्भीर नभएको भन्दै सरकारी कार्यालयहरु समेत बन्द
गराएको बुझिएको छ ।