लहान, जेष्ठ १०
आगलागीबाट ध्वस्त भएको सिरहाको औरही
गाविसका अग्नि पीडितहरुको अवस्था दयनिय बन्दै गएको छ । उनीहरु अझै पनि
खुल्ला आकास मुनी बस्न बाध्य भएका छन् । आगलागी भएको १० दिन भइसक्दा पनि
उनीहरुको चुल्हो बल्न सकेको छैन । तराईमा अहिले ४० देखि ४१ डिग्रीको
हाराहारीमा तापक्रम रहदासमेत खुल्ला आकाश मुनी बसेर दिन विताउनु परेको
पीडितहरुको गुनासो छ । आगोले बस्ती नै सखाप हुदा अहिले औरही बासीलाई शितल
लिने रुखको छहारीसम्म पनि छैन । उनीहरु रेडक्रसले दिएको पालमा आफ्ना
बालबच्चालाई राखेर आफु खुल्ला चउरमा गुजारा गरिरहेका छन । अहिले औरहीका
अग्नि पीडितहरुका लागि एकीकृत नेकपा माओवादीले चार दिनदेखि क्याम्पिङ गरी
एकै ठाँउमा राखेर सामुहिक खाना खुवाईरहेको छ र यो क्रम १ हप्ता सम्म जारी
रहने छ ।
यस्तै सिरहाको औरहीका अग्नि पीडितहरुका
लागि जमियत उल्मा ए नेपालले ६ लाख मुल्य बराबरको खाद्यान्न, लत्ता
कपडालगायतका राहात सामाग्री वितरण गरेको छ । ४ सय ७७ घर परिवारमध्ये प्रति
परिवार ७ सयका दरले राहात स्वरुप नगद वितरण गर्न लागिएको हो । त्यसैगरी
जिल्ला कारागार सिरहाका कैदी बन्दीहरुले संकलन गरेको रकम औरही अग्नी पीडित
राहत कोषको खातामा जम्मा गरिएको छ । प्रत्येक कैदी बन्दीहरुबाट संकलन गरेको
२६ हजार ८० रुपैयाँ कोषमा जम्मा गरेको जिल्ला कारागार सिरहाले जानकारी
दिएको छ । त्यसैगरी जनकपुरको रौनीयार युवा मंचले सकलन गरेको राहात सामगी
पनि पीडितलाई प्रदान गरिएको छ ।