काठमाडौँ, जेठ ९ - एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालसँग
नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादले भेट गरेका छन्। राजदूत
जयन्तप्रसाद भारतबाट फर्केलगत्तै अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको
भेटमा नेपालमा संविधान निर्माणको विषयमा कुराकानी भएको बुझिएको छ।संविधान निर्माण गर्ने समय छोट्टिदै गएको बेला राजनीतिक दलहरुबीच
वार्तासहितको प्रयास भए पनि निष्कर्षमा पुग्न नसकेको सन्दर्भमा अध्यक्ष
दाहालले विवादित विषयलाई सहमतिमै टुङ्ग्याउने बताएको अध्यक्ष दाहालको भनाइ
उद्धृत गर्दै उनका सहयोगी शिव खकुरेलले जानकारी दिए।
भारतबाट आजै नेपाल आउनुभएका राजदूत जयन्तले भारत सरकार नेपालमा दलहरुबीचमा हुने सहमति र सहकार्यबाटै संविधान निर्माण हुने र नेपाल समृद्धिको दिशामा अगाडि बढ्नेमा आशावादी रहेको बताएका थिए।- रासस
भारतबाट आजै नेपाल आउनुभएका राजदूत जयन्तले भारत सरकार नेपालमा दलहरुबीचमा हुने सहमति र सहकार्यबाटै संविधान निर्माण हुने र नेपाल समृद्धिको दिशामा अगाडि बढ्नेमा आशावादी रहेको बताएका थिए।- रासस
प्रतिक्रियाहरू (0)