Responsive Ad Slot

latest

नक्कली भारतीय रुपैयाँ सहित एक नेपाली पक्राउ

Tuesday, May 29

/ by Unknown

१६ जेठ, काठमाण्डौं । नक्कली नोटको कारोबार गर्नेहरुले नयाँ योजना बनाएको तथ्य खुलेको छ । ठूलो मात्रामा नक्कली भारतीय रुपैयाँ सहित एक नेपाली पक्राउ परेपछि उक्त रहस्य खुलेको हो । प्रहरीले ६९ लाख ७२ हजार नक्कली भारतीय रुपैयाँसहित आईतबार राती बारा महेशपुर-७ निवासी ३१ बर्षका असिन मियाँलाई पक्राउ गरेको थियो ।
एयर अरेवियाको एयरलायन्समार्फत सारजाहबाट काठमाण्डौं आएका उनलाई त्रिभुवन अन्तराष्ट्रिय विभान स्थलमा कालो रंगको व्यग सहित पक्राउ गरिएको हो । उक्त व्यागमा रहेका खानेकुरा राख्ने बट्टाभित्र ५ सयका दरका ३ हजार ९ सय ९० थान र हजार दरका ४ हजार ९ सय ७७ थान नक्कली भारतीय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।
मियाले उक्त नोटहरु टी टाईक एसोरेटको कुकिजको बट्टा, बहार फिर्को बट्टा, सोसाइटी चियाको बट्टाभित्र राखेका थिए । उनलाई विमान स्थलबाहिर आएर सामान निकाल्नेक्रममा पक्राउ गरेको खबर आजको राजधानी दैनिकले छापेको छ । साउदीमै रहेका हिन्दीभाषी एक नागरिकले बाराका मन्सुर अन्सारीलाई दिनका लागि उक्त रकम पठाएको प्रहरीसँगको बयानमा मियाले भनेका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI