फोटो फिचर 2012, May, 16th, Wed, 04:55:32am
दोहा–‘करोडपति’,
‘सुपरस्टार’, ‘नेपाली बावु’, ‘म तिमीबिना मरिहाल्छु’ जस्ता सफल चलचित्र
निर्माण्ँ गरेका सदावहार नायक भुवन केसीको पछिल्लो चलचित्र ‘साथी म तिम्रो’
लिएर मे २२ मा कतार आउने भएका छन । अलजमान ऐक्चेन्जको आयोजना र अलजमान
नेपाल रेमिटान्स एण्ड मार्केटिङ एजुकेटिभ अनिल कार्की संयोजनमा यो प्रदशन
हुन लागेको हो ।
बाबु र छोरा बिचको सम्बन्धलाई मुख्य
कथाबस्तु बनाएर निर्माण्ँ गरिएको चलचित्र ‘साथी म तिम्रो ’मा नायक केसीको
छोरा बनेर संगीतकार चेतन सापकोटाका छोरा शिर्Èक सापकोटाले अभिनय गरेका छन् ।
यि दुई कलाकारको साथमा भुवनका आङ्खनै छोरा अनमोल केसी, रेखा थापा, ऋचा
घिमिरे लगायतले पनि अभिनय गरेका छन् । शिब रेग्मीले निर्देशन गरेको
चलचित्रमा राजेन्द्र खड्गीको द्धवन्द, कविराज गहतराजको नृत्य तथा शम्भु
सापकोटाको छाया“कन छ ।
कार्यक्रम संयोजक कार्कीले २ हजार टिकट
बजारमा पठाइएको र फिल्मी पब्लिसिटी पनि राम्रो भएकोले सफल हुनेमा आफू
विश्वस्त रहेको बताए । उनका अनुसार नायक केसी र नायिका २२ तारिक कतार
अलजमानको विभिन्न साखाहरुको समेत भ्रमण गर्ने छन । अलजमानका कतारमा ६ वटा
शाखाहरु छन ।
कार्कीले चलचित्र दर्शकको लागि अलखोर
अलजमान एक्सचेन्ज र सनैया अलजमान एक्चेन्ज बाट बसको समेत ब्यवस्था गरिएको
बताए । दोहा सिनेमा हलमा २५ मे मा ११ र २ बजे गरि दुई शोमा प्रर्दशन गरिने छ
भने टिकट दर २०,३० करी र भिअँइपी ५० करी तोकिएको आयोजकले जनाए । कार्कीका
अनुसार टिकटबाट लक्की ड्र गरि बिजेता ३ जना र एक फ्यामेलीलाई नायक नायिकाको
साथमा डिनरको ब्यवस्था छ ।