Responsive Ad Slot

latest

कतारका तमूहरुले सम्पन्न गरे विविध कार्यक्रमहरु

Monday, May 21

/ by Admin BHOLA THAPA

.
दोहा, कतार ।

गत १८ मई शुक्रवारका दिन सम्पन्न कतारवासी तमूहरुको कार्यक्रम

तमू समाज कतारको विशेष साधारण सभा सम्पन्न

कतारवासी तमूहरुको चाहना र अनुरोधलाई आत्मसाथ गर्दै गत मई १८ तारिख शुक्रवारका दिन तमू समाज कतार तात्कालिन तमू बौद्ध सेवा समिति कतारले विशेष साधारण सभाको आयोजना ग¥यो । समाजका अध्यक्ष बिमल तमूको सभापतित्वमा सम्पन्न उक्र साधारण सभामा एनआरएनए–एनसीसी कतारका अध्यक्ष अमृत तमू प्रमुख अतिथिको रुपमा हुनु हुन्थ्यो भने संस्थापक अध्यक्ष राम तमू विशेष अतिथि हुनु हुन्थ्यो । महासचिव खेम तमूद्वारा सञ्चालन गरिएको उक्त सभा क्यापिटल होटलमा आयोजना गरिएको थियो । सल्लाहकारहरु र कतारवासी तमू तमूस्योहरुको सो सभामा बाक्लो उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि अमृत तमूले द्विप प्रज्वलित गरेर कार्यक्रमको विधिवत उद्घाटन गरेका थिए । पितृहरु र विशेष गरि गत मई ५ तारिख शनिवारका दिन कास्कीमा गएको बाढी पहिरोमा परि दिवङगत भएकाहरुको सम्झनामा एक मिनट मौन धारणबाट सुरु भएको सभालाई प्रथम उपाध्यक्ष कृष्ण तमूले मन्तव्य मार्फत सबैलाई स्वागत गरेका थिए । स्वागत मन्तव्यको क्रममा उपाध्यक्ष तमूले संस्था स्थापना गर्दाको अवस्था र आज विशेष साधारण सभा गर्दा सम्मको अवस्थालाई पनि सटिक चर्चा गरेका थिए ।
वर्तमान कार्यसमिति गठन भएको साढे चार महिनाको अवधिको सांगठनिक प्रगति प्रतिवेदन महासचिव खेम तमूद्वारा प्रस्तुत गरिएको थियो भने कोषाध्यक्ष आशु तमूले संस्थाको आय व्यय विवरणलाई आर्थिक प्रतिवेदनको रुपमा प्रस्तुत गरेका थिए ।

संस्थापकहरु सम्मानितः

सन २००४ मा गठन भएको तमू बौद्ध सेवा समितिले स्थापना कालदेखि नै कतारवासी तमू लगायत गैर तमूहरुलाई सक्दो सहयोग पु¥याउदै आएको छ । विशेषत तमू जातिको स्वपहिचानलाई स्थापित गर्न स्थापना भएको यस संस्थाका संस्थापकहरुले संस्थाको विभिन्न पदमा रहेर अतुलनिय योगदान पु¥याउनु भएको छ । स्थापना कालदेखि कतारवासी तमू समुदायको सहयोगमा निरन्तर सकृय रहेका संस्थापकहरुको योगदानको कदर गर्दै गत मई १८ तारिख शुक्रवारका दिन सम्पन्न विशेष साधारण सभामा वहाहरुलाई ताम्रपत्रद्वारा सम्मान गरियो । यसरी सम्मानित हुनु हुने संस्थापकहरुमा क्रमशः संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार राम तमू, संस्थापक निर्देशक सल्लाहकार तथा वर्तमान सल्लाहकार बिलबहादुर तमू, संस्थापक कार्यसमिति सदस्य तथा वर्तमान निर्देशक सल्लाहकार बुधबल तमू र संस्थापक कार्यसमिति सदस्य तथा वर्तमान प्रथम उपाध्यक्ष कृष्ण तमू हुनु हुन्थ्यो । संस्थाको तर्फबाट प्रमुख अतिथि अमृत तमूले सम्मानित व्यक्तित्वहरुलाई ताम्रपत्र हस्तान्तरण गर्नु भएको थियो ।

तमू बौद्ध सेवा समिति परिवर्तन भएर तमू समाज कतार नामकरण

विगत ८ वर्षदेखि कतारवासी तमूहरुको साझा संस्थाको रुपमा कार्यरत तमू बौद्ध सेवा समिति कतार अब तमू (गुरुङ) समाज कतारको नामबाट जानिने भएको छ । कतारमा तमूहरुको स्वपहिचानलाई स्थापित गर्न समितिले खेलेको भुमिका अतुलनिय रह्यो तापनि संस्थाको नाम अलि धार्मिक संस्था जस्तो देखिएकोले सबै तमूहरुलाई समेटनु पर्ने विचारहरु विगतका वर्षहरु देखि आई रहेका थिए । त्यसै विषयलाई मध्यनजर गर्दै सबैको भावनालाई सम्मान गर्दै गत १८ मई शुक्रवारका दिन आयोजित विशेष साधारण सभामा अध्यक्ष बिमल तमूले संस्थाको नाम तमू बौद्ध सेवा समिति परिवर्तन गरि तमू (गुरुङ) समाज कतार राख्न प्रस्ताव गर्नु भयो जसलाई सर्वसम्मत रुपमा पारित गरिएको थियो ।
सल्लाहकार बिलबहादुर तमू संयोजक र सदस्यहरुमा क्रमशः जगन तमू, खेम तमू, रसबहादुर तमू र शान तमू सम्मिलित विधान शंसोधन मस्यौदा समितिले तयार पारेको शंसोधित विधानको मस्यौदा सभामा निर्णयार्थ प्रस्तुत गरिएको थियो । उक्त विधान सर्वसम्मत पारित भई सोहि दिनदेखि लागु भएको घोषणा गरियो । नया“ विधानले व्यवस्था गरे अनुसार तमू समाज कतारको केन्द्रिय समितिमा केही पदिय जिम्मेवारीहरु थप गरिएका छन् । उपाध्यक्ष १ जना, सह–सचिव १ जना र २ जना सदस्यहरु थप गरि कुल २१ सदस्यिय कार्यसमिति बनेको छ । कार्यसमितिमा नया“ थप भएका पदाधिकारी तथा सदस्यहरुमा क्रमशः तृत्तीय उपाध्यक्ष रसबहादुर तमू, सह–सचिव खुशीमान तमू र सदस्यहरुमा जगन तमू र कैलाशपति तमूलाई चयन गरिएको छ ।

प्ये ता“ ल्हु ता“ समितिको घोषणाः

प्रवासबाट तमूहरुको स्वपहिचान, संस्कृति, परम्परा र कुल धर्मको संरक्षण र संबर्धन गर्ने कार्यलाई प्रचार प्रसार गर्न तमू समाज कतारको संरक्षकत्वमा गत १८ मई शुक्रवारका दिन प्ये ता“ ल्हु ता“ समिति गठन भएको घोषणा गरिएको छ । केन्द्रिय समितिका तृत्तीय उपाध्यक्ष रसबहादुर तमूको अध्यक्षतामा १३ सदस्यिय शाखा समिति गठन भएको छ । अन्य पदाधिकारी तथा सदस्यहरुमा उपाध्यक्ष तेजबहादुर तमू, सचिव कैलाशपति तमू, सह–सचिव शान तमू, कोषाध्यक्ष धनबहादुर तमू, सह–कोषाध्यक्ष चन्द्रप्रकाश तमू र सदस्यहरुमा क्रमशः बुधबहादुर तमू, उत्तम तमू, तुलबहादुर तमू, श्रीराम तमू, निलबहादुर तमू र आशबहादुर तमू रहेका छन् । साथै यस शाखा समितिले ४ सदस्यिय सल्लाहकार समिति पनि गठन गरेको छ । प्रमुख सल्लाहकारमा तोरण तमू रहेका छन् भने सदस्यहरुमा क्रमशः जगन तमू, ताईकाजी तमू र ईच्छा तमू छन् ।
प्रवासबाट तमूहरुको स्वपहिचान, संस्कृति, परम्परा र कुल धर्मको संरक्षण र संबर्धन गर्ने कार्यलाई प्रचार प्रसार गर्न तमू समाज कतारको संरक्षकत्वमा गत १८ मई शुक्रवारका दिन प्ये ता“ ल्हु ता“ समिति गठन भएको घोषणा गरिएको छ । केन्द्रिय समितिका तृत्तीय उपाध्यक्ष रसबहादुर तमूको अध्यक्षतामा १३ सदस्यिय शाखा समिति गठन भएको छ । अन्य पदाधिकारी तथा सदस्यहरुमा उपाध्यक्ष तेजबहादुर तमू, सचिव कैलाशपति तमू, सह–सचिव शान तमू, कोषाध्यक्ष धनबहादुर तमू, सह–कोषाध्यक्ष चन्द्रप्रकाश तमू र सदस्यहरुमा क्रमशः बुधबहादुर तमू, उत्तम तमू, तुलबहादुर तमू, श्रीराम तमू, निलबहादुर तमू र आशबहादुर तमू रहेका छन् । साथै यस शाखा समितिले ४ सदस्यिय सल्लाहकार समिति पनि गठन गरेको छ । प्रमुख सल्लाहकारमा तोरण तमू रहेका छन् भने सदस्यहरुमा क्रमशः जगन तमू, ताईकाजी तमू र ईच्छा तमू छन् ।
तमू सांस्कृतिक परिवारका सचिव वीलशन तमूले कार्य व्यस्तताका कारण पदबाट दिनु भएको राजिनामा स्विकृत गर्दै उक्त पदमा खुशीमान तमूलाई चयन गरिएको छ । त्यसरी नै सांस्कृतिक परिवारका सदस्यहरु सञ्जु तमू र देविजङ तमू कतार नफर्कने गरि नेपाल गएकाले वहा“हरुको स्थानमा क्रमशः पमबहादुर तमू र रामबहादुर तमूलाई पदस्थापना गरिएको छ । यसरी केन्द्रिय समिति र शाखा समितिमा नया“ चयन भएका र यसभन्दा अगडी नै चयन भैसकेका तर विभिन्न कारणवस सपथ लिन नभ्याएका पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष बिमल तमूले सपथ दिलाएका थिए ।
तमू समाज कतारको संरक्षकत्वमा तमू सांस्कृतिक परिवार, तमू खेलकुद समिति, पुर्वाञ्चल सम्पर्क समिति, पश्चिमाञ्चल सम्पर्क समिति, महिला विभाग र प्ये ता“ ल्हु ता“ समिति गरि जम्मा ६ शाखा समितिहरु कार्यरत रहने अध्यक्ष बिमल तमूले बताएका छन् ।
यसै क्रममा तमू सांस्कृतिक परिवारकी सदस्य तथा नृत्य निर्देशक ऋतु लामा (मगर) को विवाह हरि मगरसंग भर्खरै शुसम्पन्न भएकोले वहा“हरुको दाम्पत्य जीवन शुखमय रहोस भनि खदा लगाएर नव दम्पतिलाई बधाई र शुभकामना दिईएको थियो ।

कास्कीका बाढी पहिरो पिडीतको लागि राहत संकलन

कास्की बाढी पिडीत सहयोग समिति २०१२ को अपिल अनुसार विभिन्न व्यक्ति तथा संस्थाहरुबाट गत १८ मई शुक्रवार सम्म कुल कतारी रियल ५ हजार २ सय १७ र नेपाली रुपैया“ ५ सय सहयोग रकम संकलन भएको छ । यसरी सहयोग रकम समितिलाई उपलब्ध गराउनु हुने व्यक्ति तथा संस्थाहरुको विवरण निम्नानुसार रहेको छ । नवोदित साहित्यिक मोबाईल पुस्तकालय र अनेसास कतार च्याप्टरको १४ औं वाचन श्रृङखलामा राजेश्वर ढकाल र चर्चित ढुंगेलबाट ४ सय ६५, खुशीमान तमूको सकृयतामा १ हजार ८ सय ५७ र नेपाली रुपैया“ ५ सय, विष्णु तमूको सकृयतामा १ हजार १ सय ३५, चोकबहादुर तमूको सकृयतामा २ सय ६१, सूर्य तमूको सकृयतामा ४ सय ८५, खेम तमूको सकृयतामा २ सय ६६ र साधारण सभा हलमा माधव तमूको सकृयतामा ७ सय ४८ (नेपाली रुपपैया“ झण्डै १ लाख २० हजार) रकम संकलन भएको सहयोग समितिले जनाएको छ ।
स्मरण रहोस गत मे ५ तारिख शनिवारका दिन कास्की जिल्लाको उत्तरी माछापुछ«े गाविसमा आएको पहिरोले सेती नदी थुनिएर आएको बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्न समाजका सल्लाहकार बिलबहादुर तमूको संयोजकत्वमा राहत संकलन समिति गठन गरि सहयोगको लागि अपिल जारि गरेको थियो । समितिले जारी गरेको अपिल अनुसार सहयोग रकम संकलन गर्नको लागि १८ मई सम्मको समय तोकिएकोमा धेरै सहयोगी दाताहरुले समय सिमा बढाउन गरेको अनुरोध अनुसार यसलाई आगामी जुन १ तारिख शुक्रवार सा“झसम्म बढाईएको बताईएको छ । यसै क्रममा पिडीतहरुलाई सहयोग रकम उपलब्ध गराउनु हुने व्यक्ति तथा संस्थाहरु र रकम संकलन गर्न अहोरात्र खट्ने सबैलाई आभार सहित धन्यवाद ज्ञापन गर्दै सहयोग गर्न चाहने महानुभाव तथा सहयोग रकम संकलन फारम लानु भएका व्यक्ति तथा संस्थाहरुलाई जुन १ तारिख शुक्रवार सा“झ सम्ममा समितिलाई उपलब्ध गराई दिन पनि समितिका संयोजक बिलबहादुर तमूले अनुरोध गरेका छन् ।

तमू एकतामा जोडः

तमूहरुको एकता, आजको आवश्यकता भन्ने मुल नाराका साथ गत १८ मई शुक्रवारका दिन सम्पन्न साधारण सभामा जहा“ र जस्तो अवस्थामा रहे पनि तमू एकता हाम्रो पहिलो प्राथमिकतामा पर्नु पर्छ भन्दै सबै बक्ताहरुले संस्थाको महत्वलाई जोड दिएका थिए । यसै संस्थाको साथ र सहयोगमा नेपाली समाजलाई नेतृत्व प्रदान गर्न सक्ने व्यक्तिहरु जन्माएकोमा संस्था प्रति गर्व लागेको विचार वक्ताहरुले राखेका थिए । तमू बौद्ध सेवा समिति स्थापना गरेर कतारवासी तमूहरुलाई संगठीत गर्ने जुन अत्यन्त महत्वपुर्ण कार्य गरिएको थियो त्यसलाई अबको दिनमा अरु शसक्त बनाएर लानु पर्ने जरुरी देखिएको छ ।
निश्चित रुपमा तमू बौद्ध सेवा समिति धार्मिक प्रकृतिको नाम हो तर यसले आफनो स्थापना कालदेखि हालसम्म जहिले पनि तमूहरुको जातिय पहिचानलाई पहिलो प्राथमिकतामा राख्दै आएको थियो । निरन्तर सुचारु रुपमा विना कुनै अडचन सञ्चालनमा रहेको संस्थाको नाम परिवर्तन गर्नु पर्दा संस्थापकहरुलाई अलि खल्लो र नमिठो लाग्नु स्वभाविकै हो तर तमूहरुको एकता जस्तो महत्वपुर्ण विषयले नाम परिवर्तन संगै अरु थप खुशी र हौसला प्रदान गरेको भावनात्मक विचार समेत व्यक्त भएको थियो । तमूहरुको आफनै मौलिक पहिचान छ, जसलाई अहिलेको पिढीले बुझनु अति आवश्यक छ भन्दै आगमी दिनमा यस संस्थाले विश्वमा छरिएर रहेका तमूहरुलाई एकताबद्ध बनाउन प्रेरणादायी भुमिका निर्वाह गरोस भन्ने कामना समेत गरिएको थियो । यसरी मन्तव्य व्यक्त गर्नु हुने वक्ताहरुमा क्रमशः अमृत तमू, राम तमू, जगन तमू, तोरण तमू, रसबहादुर तमू, आरमान तमू, टौमाया“ तमूस्यो, बिमल तमू आदि थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI