काठमाडौं, जेठ ९- सरकारले थारु समुदायका माग र बन्दका क्रममा भएका गाडी
तोडफोड तथा नवलपरासीस्थित थारु संग्रहालयमा भएको घटनाको क्षतिपूर्ति दिने
सहमति भएको छ। मंगलबार सिंहदरवारस्थित शान्ति मन्त्रालयमा सम्पन्न थारु
संघर्ष समिति र सरकारी टोलीबीच भएको वार्तामा यस्तो सहमति भएको हो।
चार घन्टा लामो वार्तामा बन्दमा भएका घाइतेहरुलाई निशुल्क उपचार गर्ने, चार थान मोटरसाइकल, तीन वटा ट्याक्टर, ४२ थान साइकल र थारु संग्रहालयको क्षतिपूर्ति सरकारले व्यहोर्ने समितिका संयोजक सन्तोष चौधरीले जानकारी दिए। त्यस्तै थारु कार्यकर्ता तथा नेताहरुमाथि लागेका झुटा मुद्दासमेत फिर्ता गर्ने सहमति भएको संयोजक चौधरीले बताए।
समितिका पदाधिकारीहरुले तराईमा तीन प्रदेशकै अडान लिएपछि वार्ता भोलिसम्मका लागि स्थगित गरिएको छ।
सरकारीका तर्फबाट उपप्रधान मन्त्री कृष्णप्रसाद सिटौला, वर्षमान पुन, महेन्द्र यादव र राधा ज्ञवाली सहभागी थिए