काठमाडौं, जेठ ९
सार्वजनिक क्षेत्रमा विशिष्ट योगदान
पु¥याएका झण्डै ३ सय जनलाई सरकारले आज सम्मान गरेको छ । विभिन्न क्षेत्रमा
योगदान पु¥याएरका २ सय ७० जना ब्यक्तिहरुलाई सरकारले आज विहान विभिन्न
विभुषणवाट सम्मान गरेको छ । विभुषीत विभिन्न व्यक्तिहरुलाई राष्ट्रवपति भवन
शीतल निवासमा विहान एक विशेष समारोहमा राष्ट्रपति डा रामवरण यादबले बिभुषण
प्रदान गर्नभएको हो । राष्ट्रपति डा रामवरण यादबले सरकारको सिफारिसमा गत
जेठ १५ मा सार्वजनिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएरका २ सय ७० जनालाई
मानपदवी, अलंकार र पदक प्रदान गरेको घोषणा गर्नु भएको हो । घोषित २ सय ७०
मध्ये २ सय १९ ले मात्र मानपदबी ग्रहण गरेका छन । बाँकी ५२ जानले भने
विभुषण बहिष्कार गरेका छन् ।
सरकारले घोषणा गरेको मानपदबी कार्यवाहाक
प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, प्रसिद्ध कलाकार मदनकृष्ण
श्रेष्ठ, हरिबंश आचार्य पत्रकार कनकमणि दीक्षित, युवराज घिमिरे लगायतले
बहिष्कार गर्नु भएको छ । कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री लगायत
सरकार विशिष्ठ व्यक्तिहरुको उपस्थिति थियो । त्यसअघि बिहान विभूषण वितरण
बारे राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल भएको थियो ।