Responsive Ad Slot

latest

२५५६ औँ बुद्धजयन्ती भव्यताका साथ सम्पन्न I

Monday, May 14

/ by Admin BHOLA THAPA
 
 प्रेम लामा
दोहा कतार विश्व शान्तिका अग्रदुत तथा एशियाका ताराको रुपमा रहेका महामानव भगवान गौतम वुद्धको २५५६ औ जन्म जयन्ती मे ११, २०१२का दिन नेपाली राजदूतावास कतारको हलमा भब्यताका साथ मनाईयो । नेपाल प्रवासी तामाङ समाज कतार, तमु वौद्ध सेवा समिति शाखा कतार, थारु कल्याणकरिणी सभा कतार च्याप्टर, नेपाल प्रवासी मगर संघ कतार र नेपाल प्रवासी शेर्पा संघको संयूक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा उल्लेख्य मात्रामा नेपाली भक्तजनहरुको उपस्थिति रहेको थियो ।
लामा गुरुहरु थर्चा लामा, नाम्गेल लामा, कुन्साङ्ग लामा, राजन लामा र प्रकाश लामाद्धारा बौद्ध परम्परा अनुसार विधिवत रुपमा पुजा सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा उपस्थित सवै भक्तजनहरुले भगवान गौतम बुद्धलाई विश्व शान्तिको कामना गर्दे दीप प्रज्वलन गरी फलपूmल तथा प्रसाद चढाएर पूजामा सहाभागि भएका थिए । २५५६ औ बुद्ध जयन्ति मुल समारोह समितिका संयोजक नेपाल प्रवासी तामाङ समाजका अध्यक्ष शंख लाल तामाङको सभापत्विमा सम्पन्न कार्यकमको  प्रमुख अतिथि नेपाली नियोगका महामहिम राजदूत डा. माया कुमारी शर्मा  तथा विशेष आतिथिमा नेपाल प्रवासी आदिवासी जनजाति महांसंघका अध्यक्ष मान बहादुर सावाँ लिम्वु रहेका थिए ।  कार्यक्रममा अतिथिहरुमा कार्यक्रममा अतिथिहरु एनआरएन आईसीसी सचिव टि.वी काकीर्, एनसीसीका अध्यक्ष अमृत गुरुङ्ग, जनजाति महांसंघका महासचिव विनेश तामाङ, मातृ संस्थाका महासंघका सल्लाहकार दिल किरण खाजुम, विल बहादुर गुरुङ्ग, सुक वहादुर तामाङ, जगन गुरुङ्ग, महांसंघमा आवद्ध मातृसंस्थाका प्रतिनिधिहरु कृष्ण गुरुङ्ग, शरण थापा मगर,गुल्मी सेवा समाजका सल्लाहकार द्रोण वस्नेत, कपिल बस्तु बचाउ अभियानका संयोजक श्री कृष्ण भट्टराई,  समाजसेवी तथा ब्यवसायी भिम घले, नेवा पूःचका अध्यक्ष राधेश्याम महर्जन लगायत विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो । तमु बौद्ध सेवा समिति कतारका अध्यक्ष तथा मुल समारोह समितिका सचिव विमल गुरुङ्गद्धारा संचालित तथा कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले भगवान गौतम बुद्धको तस्विरमा दीप प्रज्वलन तथा खादा चढाईएका थिए  ।
नेपाल प्रवासी मगर संघका अध्यक्ष भिम तरामु मगरले उपस्थित सम्पूर्ण अतिथिहरु तथा भक्तजनहरुलाई स्वागत मन्तब्य राखेको थिए । थारु कल्याणकरिणी सभा कतार च्याप्टरका अध्यक्ष ई. विद्यानन्द चौधरीले भगवान गौतम वुद्धको जन्मस्थान बाल्यकाल र वुद्धत्वप्राप्ती र वौद्ध धर्मका पञ्चशिलका साथै
अष्टशिलाको महत्वको वारेमा उपस्थित सवै सामु  विस्तृत रुपमा प्रकाश पारे  । प्रमुख अतिथि नेपाली नियोगका राजदूत डा.माया कुमारी शर्माले शुभ कामना दिंदै हत्या हिंसाको वाटो छोडेर शान्तिको बाटो रोज्नुपर्ने सल्लाह दिईन् । भगवान गौतम बुद्धको उपदेशको पालना मात्र गरे मानव जातिको हित हुने भएको भगवान गौतम बृद्धको उपदेशको पालना जिवनमा हर मानवले गर्नु पर्ने बताईन्  । विशेष अतिथि नेपाल प्रवासी जनजाति महासंघ कतारका अध्यक्ष मान वहादुर सावाँ लिम्वुले मातृ संस्थाहरुको वारेमा राजदूतलाई जानकारी गराईएका थिए । कार्यक्रममा नयाँ राजदूतलाई कतारमा स्वागत गर्नुका साथै उहाँको सफल कार्यकालको शुभकामना दिएका थिए । सोही अवसरमा परिचयात्मका कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा संयोजकको तर्फवाट सभापति शंखलाल तामाङले विभिन्न क्षेहरुवाट सहयोग गर्नु हुने पाँचैवटा आयोजक संस्था तथा सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिंदै उपस्थित अतिथिहरु तथा भक्तजनहरुलाई शुभकामनाका साथ कार्यक्रमको समापन गरिएको थियो । कार्यक्रमको समापन  पछि नेपाल प्रवासी तामाङ समाजका दिदीवहिनीहरु तथा अन्य दिदीवहिनीहरुले  उपस्थित सवै भक्तजनहरुलाई प्रसाद वितरण गरेका थिए । कार्यक्रमको अन्त्यमा आयोजकहरुले लामागुरुहरुलाई खादा ओढाई सम्मान गरेका थिए भने लामागुरुहरुले पनि आयोजक पाँचैवटा संस्थाका अध्यक्षहरुलाई खादा ओढाई सम्मान गरेका थिए । २५५६ औ बुद्धजयन्तिको संयोजक भने नेपाल प्रवासी आदिवासी जनजाति महांसंघ कतार रहेका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI