नवलपरासी, जेठ २ - पूर्वपश्चिम राजमार्ग
अन्तर्गत नवलपरासीको तिलकपुर १ बासामा दुई वटा भारतीय नम्बरको ट्रक सहित
१३ वटा गाडीमा तोडफोड भएको छ । संयुक्त थारु संघर्ष समितिले आह्वान गरेको
तराई बन्दको क्रममा ती गाडीमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय
नवलपरासीले जनाएको छ ।
पश्चिमबाट पूर्वका लागि छुटेका ना ३ ख ४०११, लु १ ज ६२६७, ना ३ ख ४५६९,
लु १ ज ४७१२ , ना ३ ख ७६३०, ना ४ ख ५८७६, लु १ ज ६०५०, ना ३ ख ९८२, ना ४ ख,
२३९८ ना ३ ख ५८९०, ना ४ ख ४६०० र भारतीय नम्बर प्लेटका एमएच १५ सिके १५५१,
युपी ०६२१७५७ नम्बरको सवारी सधान रहेका छन् । तोडफोड भएका सवारी साधनमा
सबै भन्दा बढी ट्रक रहेका प्रहरीले जनाएको छ ।
रोकेर राखेका सवारी साधानमा समेत तोडफोड भएको प्रहरीले जनाएको छ ।
रोकेर राखेका सवारी साधानमा समेत तोडफोड भएको प्रहरीले जनाएको छ ।
थारु कल्याणकारिणी सभाका नवलपरासी अध्यक्ष श्याम सुन्दर चौधरीले भने
रोकेका सवारी साधनमा कुनै किसिमको तोडफोड नभएको बताउनुभएको छ । जातीय
पहिचान सहितको राज्य माग गर्दै भएको तराइ बन्दका कारण नवलपरासीको जनजीवन
प्रभावित भएको छ । बन्दकर्ताले राजमार्गमा आफ्ना जातीय गीत र नाच प्रस्तुत
गरेका छन् भने चोकहरुमा ढुङ्गा राखेर सडक अबरुद्ध गरेका छन् ।