नेपाल समाचार 2012, May, 13th, Sun, 12:12:51pm
वैशाख ३१, काठमाण्डौं
विशेष कारण भन्दै संविधानसभाको आजको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको छ । सङ्घीय प्रणाली, शासकीय स्वरूप, निर्वाचन प्रणाली, न्याय प्रणालीलगायत ११७ वटा बुँदामा सहमति नजुट्दा र राष्ट्रिय सहमतिको सरकार गठन गर्ने भन्ने दलहरूबीचको पाँचबुँदे सहमतिको कार्यान्वयनले पूर्णता पाउन नसक्दा संविधानसभा बैठक प्रभावित हुँदै आएको छ । राजनीतिक दलहरूबीच कुरा मिल्न नसक्दा यही वैशाख ११, १४, १७, १९, २१, २२, २६, २७ र २८ गते पनि सूचना टाँस गरेर संविधानसभाको बैठक स्थगन गरिएको थियो । संसद् सचिवालयका अनुसार संविधानसभाको १२३ औँ बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।