नेपाल बन्दले खोटाङको जनजीवन पनि प्रभावित ।।
केदार मगर ,जेष्ठ ७
नेपाल आदीवासी जनजाति महासंघ लगायतका
बिभिन्न सङ्गठनले आह्वान गरेको नेपाल बन्दले खोटाङको जनजीवन प्रभावित भएको छ
। बन्दका कारण जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न
सकेका छैनन् भने, शैक्षिक संस्था, होटल तथा पसल, कलकारखाना लगायत ठप्प छन् ।
जातीय पहिचान सहितको संघीयताको माग गर्दै जनजाति महासङ्घले आजबाट तीनदिने
नेपाल बन्दको आव्हान गरेको हो । राज्य पुर्नसंरचना गर्दा जातीय आधारमा
नामाङ्कन र सीमाङ्कन गरिनुपर्ने, महासंघले तोकिएकै समयमा आदिवासी जनजातिको
हकअधिकार सहितको संविधान जारी गरिनुपर्ने, लगायतका माग अघि सारेको छ ।