तनहुँ
बैशाख २७ : तनहुँको सतिस्वारा गाऊ बिकास समिति १ टुहुरे पसलमा आज एक छलफल
कार्यक्रम सम्पन्न भएको छ । नेपाल् बिद्दुत प्राधिकरण डुम्रे बितरण
केन्द्रको निरन्तर अस्त ब्यस्तका कारण स्थानिय बासीले भोग्नु परेका बिबिध
समस्याहरूका बारेमा छलफल कार्यक्रम सम्पन्न भएको हो ।
चन्द्रिक बिकासका अध्यक्ष राम्जी गोदारको अध्यक्षता मा सम्पन्न कार्यक्रममा
बिभिन्न छेत्रमा भएका बिधुतिय समस्याहरुका बारेमा मिर्लुङका गोविन्द ढकाल,
चन्द्रवातिका हर्कमान श्रेष्ठ ,खत्रीखोलाका तिलक खत्री , पड्के पसलका
लक्ष्मी बहादुर थापा, भानुका ॠषिराम पन्त , तिलहारका बिष्णुहरू पाण्डे ,
ढकालथरका हरिराम ढकाल , बसन्तपुरका सरद खनाल , बसन्तपुर समुदायिक
बिधुतीकरणका राम कृष्ण देवकोटा , रम्घाटारका सूर्यनाथ पन्डित र दलित
प्रतिनिधि अमृत बि:क लगायतका वक्ताहरुले आ आफ्ना धारणा राख्नु भएको थियो सो
अबसरमा डुम्रे स्थित ट्रान्समिटर मा ठुलो पावरको ट्रान्समिटर एक हप्ता
भित्र फेर्ने टुहुरे प्रहरी चौकीका आस्पासमा मोबाईल काउनटर राख्ने
स्वतिस्वार – २ चन्द्रवतीमा फ्युज शाखा राख्ने लगायतको निर्णय समेत पारित
गरिएको छ। सो कार्यक्रमको सन्चालन चुदी क्षेत्र सम्रक्षण तथा सम्बर्दन
समितिका सम्योजक छबी चन्द्र ढकालले गर्नु भएको थियो ।