काठमाडौँ, जेठ ४- स्वास्थ्य मन्त्री एवम् सद्भावना पार्टीका अध्यक्ष
राजेन्द्र महतोले ११ प्रदेशको सहमति फिर्ता नभए सरकारबाट मधेसी मोर्चा
बाहिरिनसक्ने बताएका छन्।
प्रमुख दलहरुबीच भएको सहमतिका कतिपय विषयहरुमा असहमत रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सो सहमति परिमार्जन नगरिए सरकारमा बस्नेबारे पुनर्विचार गर्नसक्ने चेतावनी दिएको हो।
सञ्चार मन्त्री एवम् फोरम गणतान्त्रिकका कार्यबाहक अध्यक्ष राजकिशोर यादवले आज एकीकृत नेकपा (माओवादी)का अध्यक्षसँग मोर्चाका नेताहरुले बैठक गर्ने र सो बैठकमा सहमति जुट्न नसके मोर्चाले कठोर निर्णय लिने बताए।
उहाँले तीन दलले मात्रै राष्ट्रिय राजनीतिलाई अगाडि बढाउन खोजे त्यो आफूहरुका लागि मान्य नहुने चेतावनी दिए।
हिजो बैठक सकेर मोर्चाका नेताहरु बाहिरिँदै गर्दा मोर्चाका कार्यकर्ताहरुले पार्टी नेतृत्वविरुद्ध नाराबाजी गर्दै मोर्चा सरकारबाट बाहिरिनुपर्ने माग गरेका थिए। रासस