काठमाण्डौ ,जेष्ठ ७
प्रधानमन्त्री डा बाबुराम भट्टराईले
आदिवासी जनजातिले गरेको बन्दमा प्रेसका सवारी साधनमा भएको आक्रमणप्रति खेद
ब्यक्तगर्दै यसप्रति सरकारको ध्यानाकर्षण भएको बताउनु भएको छ । नेपाल
पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेलाई टेलीफोन गरी प्रधानमन्त्रीले प्रेस
र पत्रकारका सुरक्षाका लागि सुरक्षाकर्मीलाई संवेदनशील हुन निर्देशन
दिइसकेको जानकारी गराउनु भएको छ । बन्दकोक्रममा भएका सवारी साधनमाथिको
आक्रमण र क्षतिको विवरण पठाउन महासङ्घलाई आग्रह गर्दै प्रधानमन्त्रीले
राज्यले क्षतीपूर्ती दिने आह्वासन समेत दिनु भएको छ । पत्रकार महासंघका
अध्यक्ष शिव गाउँलेले प्रेस माथि गरिएको धम्की र आक्रमण प्रति खेद ब्यक्त
गर्दै सरकारसंग प्रेस र पत्रकार सुरक्षाको ब्यबस्था मिलाउन र क्षतिपूर्ती
दिलाउन माग गर्नु भएको छ ।