वैशाख २६ - संसदको सार्वजनिक लेखा समितिको बैठक आज बस्दैछ । अहिले केहीबेरपछि सिंहदरवारमा रहेको समितिको कार्यालयमा सुरु हुने बैठकमा माथिल्लो तामाकोशीको जलबिद्युत आयोजनाको अहिलेसम्मको अवस्था, यसअघि समितिले दिएको निर्देशनका विषयमा छलफल हुने छ । छलफलका लागि कम्पनीका महाप्रवन्धकलाई वोलाइएको समिति सभापति रामकृष्ण यादवले सीआईएनलाई जानकारी दिनुभयो । यसैबीच नेपाली सेनाको पुनर्संरचनाका विषयमा संसदीय समितिले आज पनि छलफल गर्दैछ ।
संसदको राज्यब्यावस्था तथा परामर्श समितिले हिजाको बैठकमा आएको नेपाली सेनाको प्रस्ताव, सभासदहरुको प्रतिक्रियाका विषयमा आज थप छलफल गर्न लागेको हो । बैठकमा सेनाको पुनर्संरचना, दरबन्दीका लागि सेनाले गरेको प्रस्तावमा दिइने अनुमतिका विषयमा छलफल हुनेछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।