Responsive Ad Slot

latest

सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन- उच्च सतर्कता र संयम अपनाउनू

Monday, May 21

/ by Admin BHOLA THAPA
काठमाडौँ, जेठ ८ (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराईले आज आफ्नो निवास बालुवाटारमा गृहमन्त्री तथा चारै सुरक्षा निकायका प्रमुखलाई बोलाई उच्च सतर्कता र संयम अपनाई काम गर्न निर्देशन दिएका छन्। केन्द्रीय सुरक्षा समितिको बैठकमा प्रधानमन्त्री भट्टराईले जेठ १४ वरिपरी हुन सक्ने सम्भावित अप्रिय घटनाहरु रोक्नको लागि उच्च सर्तकता र संयमताका साथ काम गर्न निर्देशन दिएका हुन्।
 जेठ १४ वरिपरी विभिन्न माग राखी आन्दोलन चर्काउन खोज्नु स्वभाविक भएको भन्दै प्रधानमन्त्रीले यसलाई राजनीतिक रुपमै हल गरिने भए पनि सुरक्षा निकायहरु सर्तक रहनु पर्ने स्पष्ट पारे।

कसैले आन्दोलनमा तोडफोड गर्ने र अराजक गतिविधि गर्ने काम गर्छन् भने त्यसलाई कडाइपूर्वक रोक्न पनि उनले निर्देशन दिए। प्रेस, मानवअधिकारकर्मी, कुटनीतिक नियोगमाथि तोडफोड हिंसा गर्छ भने त्यसलाई गम्भीरतापूर्वक लिएर रोक्न र कारवाही गर्न उनले निर्देशन दिए।

आइतवार बन्दकर्ताहरुले प्रेस माथि गरेको आक्रमण अत्यन्त दुर्भाग्यपूर्ण भएको पनि उनले बताए। प्रधानमन्त्रीले प्रतिगामि शक्तिहरुले जातीय हिंसा भड्काएर संविधान निर्माण प्रक्रियालाई अवरुद्ध पार्ने, संविधानसभा विघटन गर्ने सडयन्त्र गर्न सक्नेतर्फ ख्याल गर्दै त्यस्ता तत्वहरुविरुद्ध सरकार गम्भीर ढंगले लाग्ने पनि प्रधानमन्त्रीले बताए। कुनै पनि बहानामा जातीय सद्भाव बिथोल्ने, भड्काउने शान्ति र संविधान निर्माणको प्रक्रियालाई अवरुद्ध गर्नेहरुका विरुद्ध सरकार कडाइपूर्वक प्रस्तुत हुने प्रधानमन्त्रीले प्रष्ट पारे।
Don't Miss
© all rights reserved
made with by netKUTI