Responsive Ad Slot

latest

लगातार बन्दले अभाव भएपछि आपूर्ति समन्वय समितिको बैठक बस्दै

Tuesday, May 22

/ by Admin BHOLA THAPA
काठमाडौं, जेठ ९ - सरकारले लगातारको बन्दबाट अत्यावश्यक वस्तु अभाव हुन नदिन गठन गरेको केन्द्रीय आपूर्ति समन्वय समितिको बैठक बस्ने भएको छ। बन्दले अत्यावश्यक वस्तुको अभाव हुन थालेपछि सरकारले हिजो वाणिज्य सचिव लालमणि जोशीको संयोजकत्वमा समिति गठन गरिएको थियो।
  यो समितिमा गृह, अर्थ, कृषि मन्त्रालयका सहसचिव र वाणिज्य विभागका उपमहानिर्देशक सदस्य रहेका छन्।

'अत्यावश्यक वस्तुको आपूर्ति कसरी गर्ने भन्ने बारे अहिले १ बजे समितिको बैठक बस्दैछ,' आपूर्ति सचिव जोशीले नागरिकन्युजसँग भने, 'अत्यावश्यक वस्तु अभाव हुन नदिन सबै प्रयासमा जुट्छौ।' उनले अहिलेको असहज अवस्थामा रातीको समयमा भएपनि पेट्रोलियम पदार्थ र खाद्यान्न बोकेका सवारी साधनलाई स्कर्टिङ गरेर उपत्यकामा ल्याइने जानकारी दिए।

लगातारको बन्दले औषधी पेट्रोलियम पदार्थ, खाद्यान्न, तरकारी लगायतका अत्यावश्यक औषधीको आपूर्ति प्रभावित भएको छ। यो समितिले बन्दको समयमा कालोबजारी हुन नदिन बजार अनुगमन पनि गर्नेछ।

समितिले सोमबारनै सरकारको स्वामित्वमा रहेको खाद्य संस्थान, नेसनल ट्रेडिङ र साल्ट ट्रेडिङ र नेपाल आयल निगमको प्रमुखहरुसँग तेल , खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको मौज्दातको बारे जानकारी लिएको थियो। सरकारी स्वामित्वमा रहेका संस्थानसँग २ लाख क्विन्टल खाद्यान्न मौज्दात रहेको छ भने आयल निगमसँग १३ हजार किलोलिटर पेट्रोलियम पदार्थ मौज्दात छ। पछिल्लो समयको लगातारको बन्दले पेट्रोलियम पदार्थ आउन सकेको छैन।
Don't Miss
© all rights reserved
made with by netKUTI