व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले सेतीनदीको वाढी पिडितलाई गरिएको सहयोगका बारेमा गृहमन्त्री र गृहसचिवसँग छलफल गर्ने भएको छ । समितिको कार्यालय सिंहदरबारमा दिउँसो एक बजेका लागि बोलाईएको बैठकमा बाढी प्रभावितहरुको अवस्था, उनीहरुको उद्धार कार्यका लागि भएका प्रयास र राहत प्रदानका बारेमा भईरहेको गतिविधिका बारेमा गृहमन्त्री र गृहसचिवसँग छलफल गरिने समितिका सभापति रामकृण्ण यादवले जानकारी दिनुभयो । सेतीमा आएको बाढीमा वेपक्ता भएका मध्ये २७ जनाको सव फेला परेको छ भने अझै ४० भन्दा बढी हराईरहेका छन् । यसैबीच आज पनि सेतीनदी किनारा बेपत्ता भएकाहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।