काठमाण्डौं,बैशाख २७
नयाँ संविधानका विवादित विषयहरू टुङ्गो लगाउने भोलि संविधानसभामा मतदान हुने भएको छ । आज बसेको संवैधानिक समिति बैठकमा भोलि दिउँसो ३ बजे बस्ने संविधानसभा बैठकमा मतदान गर्ने निर्णय भएको हो । राज्य पुनःसंरचनासँग सम्बन्धित ७८लगायत विभिन्न १ सय १७ वटा बुँदामा मतदान हुने भएको छ । यद्यपि दलहरूले अझै सहमतिका लागि प्रयास जारी राखेकाले मिलिसकेका बुँदाहरू भोलि बिहान ८ बजे संवैधानिक समितिले सूचीबाट हटाउने सहमति पनि बनेकोछ ।