Responsive Ad Slot

latest

आइतबार तनहुँको २ गा बि स लाई खुल्ला दिसामुक्त घोषणा

Tuesday, May 15

/ by Admin BHOLA THAPA
” तनहुँको प्रतिबद्दता , सरसफाइमा पूर्णता ” मुल नाराका साथ बि स २०६९ असार मसान्त सम्ममा जिल्लालाई खुल्ला दिसा मुक्त घोषणा गर्ने सरसफाइ अभियान अन्तर्गत आइतबार दुई गा बि स लाई खुल्ला दिसा मुक्त घोषणा गरीएको छ । ढोरफिर्दी र ॠसिङ रानीपोखरीलाई आइतबार आयोजित एक समारोहका बिच खुल्ला दिसा मुक्त घोषणा गरीएपछी जिल्ला ३३ वटा गाउ बिकास समिती खुल्ला दिसा मुक्त भएका छन । ढोरफिर्दी गा बि स भित्रका सम्पूर्ण घरधुरीहरु , बिध्यालय तथा अन्य आवस्यक पक्की सौचालय निर्माणका लागि जिल्ला बिकास समितीको नेत्रित्वमा गा बि स भित्रका शहिद कृष्ण बाचनालय लगायत स्थानिय पाच वटा युवा क्लबको प्राबिधिक सहयोग र ढोरफिर्दी गा बि स को अगुवाइमा अभियान सन्चालन गरीएको थियो ।
त्यस्तै ॠशिङ रानीपोखरी गाउ बिकास समितीको अगुवाइ र सङ्कल्प बचत तथा ॠण सहकारी लि को प्राबिधिक सहयोगमा सन्चालन गरीएको अभियानले ॠशिङ रानीपोखरी गा बि स लाई खुल्ला दिसामुक्त घोषणा गरीएको हो । सरकारले सन २०१७ भित्र सम्पूर्ण देशमा खुल्ला दिसा मुक्त अभियान सफल पार्ने लक्ष्य लिए अनुरुप तनहुँ जिल्लाले पाच बर्ष अगाबै यो अभियान सफल पार्न बिशेष अभियान चलाएको थियो । अभियान को क्रममा ४६ गाउ बिकास समिती मध्य ३३ वटा गाउ बिकास समितीलाई खुल्ला दिसा मुक्त गा बि स घोषणा गरीसकेको छ । अहिले सम्म घोसित भइसकेका गाउ बिकास समितीहरुमा बन्दिपुर , कोटा , थप्रेक , भानुमती , बैदी , घासिकुवा , बरभङ्ज्याङ , देउराली , धरम्पानी , आबुखैरेनी , देबघाट , फिर्फिरे , राइपुर , खैरेनीटार , रिस्ती , छिपछिपे , अरुणोदय , किहु , गजरकोट , साभुङभगवतीपुर , राम्जाकोट , पुर्कोट , देउराली , श्याम्घा , पोखरीभङ्ज्याङ , धरमपानी , कोटदरबार , छिम्केस्वरी , बसन्तपुर , तनहुँ सुर , ढोरफिर्दी ,ॠशिङ , रानीपोखरी , दुलेगौडा रहेका छन ।
Don't Miss
© all rights reserved
made with by netKUTI