काठमाडौं, १३ जेठ : जातीय पहिचानसहितको राज्य
पुनःसंरचना हुनुपर्न माग गर्दै आएका आदिवासी जनजातिहरुले आज संविधानसभा भवन
घेराउमा उत्रिएका छन् ।
संघीयतासहितको संविधान जारी गर्न दबाब दिने उद्देश्यले आज संविधानसभा भवनको चारै दिशामा घेराउ तथा प्रदर्शन गर्न लागेको आदिवासी जनजाति संयुक्त संघर्षसमिति सचिवालय संयोजक परशुराम तामाङले जानकारी दिए ।
अहिले संविधानसभा भवनको उत्तरपछि शेर्पा, पूर्वपटटी राई, तामाङ समुदाय, दक्षिणपछि थारु, र पश्चिमपटिको भागमा नेवार, मगर र गुरुङलगायतका समुदायले मोर्चा बनाएर घेराउको कार्यक्रम राखेको उनले जानकारी दिए ।
आदिवासी जनजातिहरुले संघीयता विनाको संविधान मान्य नहुने बताउँदै आएका छन् । यसैगरी मुख्य विवादहरु अहिले नटुङ्ग्याइकन रुपान्तरित संसदमा लगे अस्वीकार गर्न पनि उनीहरुले बताएका छन् ।
यसैबीच, प्रशासनले कुनै पनि अपि्रय घटना नहोस् भन्दै संविधानसभा भवन वरिपरिको सुरक्षा व्यवस्था कडा पारेको छ ।