काठमाण्डौं ,१६ जेठ
प्रधानमन्त्री बावुराम भट्टराईसँग चीन र
भारतका राजदूतसँग छुट्टाछुट्टै भेटघाट भएको छ । चीनिया राजदुत याङ्ग होउलान
र भारतीय राजदुत जयन्त प्रसादबीच भएको भेटमा राजदुतले मुलुकमा विकसित
बर्तमान घटनाक्रमबारे चासो व्यक्त गरेका थिए । सो अवसरमा प्रधानमन्त्रीले
बर्तमान राजनीतिक घटनाक्रमबारे उहाँहरुलाई जानकारी गराउनु भएको थियो ।
भेटको क्रममा प्रधानमन्त्रीले
संविधानसभाको निर्वाचनको घोषणा गरेको बताउँदै देशमा लोकतान्त्रीक
प्रक्रियानै अगाडि बढ्ने बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको
छ । सरकार सबै राजनीतिक दलहरुको बीचमा सहमति जुटाएर राष्ट्रिय सहमतिको
वातावरण वनाएर अगाडि बढ्ने प्रयत्नमा आफु लागि परेको उहाँले जानकारी
गराउनुभएको थियो ।