अखण्ड सुदूरपश्चिमको माग गर्दै आह्वान गरिएको सुदूरपश्चिम बन्दको आज आठौं दिन पनि झन जनजीवन कष्टकर बनेको छ ।
सरकारी तथा गैरसरकारी कार्यालय, कालकारखाना, शैक्षिक संस्थाहरु पनि पूर्ण रुपमा बन्द रहेका छन् । बैकका एटिम सेवा समेत बन्द हुनाले आर्थिक समस्या पैदा भएर जनजीवन थप प्रभावित भएको छ । लगातार बन्दले कैलाली र कञ्चनपुर सहितका पहाडी जिल्लामा दैनिक उपभोग्य बस्तुको अभाव देखिन थालेको छ ।
नौ वटै जिल्लाका विभिन्न स्थानमा दिनहुँ प्रदर्शन भैरहेका छन् । पछिल्ला दिनहरुमा झन आन्दोलन चर्किदै गएको छ भने प्रदर्शन पनि दिन प्रदिन बढ्दै गएको छ । कञ्चनपुर, कैलाली, डोटी, बैतडी, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा र दार्चुला सम्मका सर्वसाधारण सडकमा ओर्लिएका छन् ।
राज्य पुनसंमरचनामा माओवादीले ल्याएको दश प्रदेशको सुदूरपश्चिममा कैलाली र कञ्चनपुरलाई थारुवान लुम्बनी प्रदेश प्रस्तावित गरिएपछि सुदुरपश्चिमेली समाजले आन्दोलन स्वरुप बन्द गर्दै आइरहेको हो । आज दिनभरि पनि प्रदर्शनकारीहरुले बजारमा रिक्सा समेत चल्न दिएका छैनन् र यातायात पनि ठप्प रहेको छ ।
सरकारी तथा गैरसरकारी कार्यालय, कालकारखाना, शैक्षिक संस्थाहरु पनि पूर्ण रुपमा बन्द रहेका छन् । बैकका एटिम सेवा समेत बन्द हुनाले आर्थिक समस्या पैदा भएर जनजीवन थप प्रभावित भएको छ । लगातार बन्दले कैलाली र कञ्चनपुर सहितका पहाडी जिल्लामा दैनिक उपभोग्य बस्तुको अभाव देखिन थालेको छ ।
यस्तै बैतडी जिल्लाको उद्योग वाणिज्य संघ र तीन ठूला राजनीतिक दलका स्थानीय नेताहरुले बन्द खुलाउन दबाव दिएपछि बैतडी बन्द भने फिर्ता लिइएको छ ।