दिपेश पौडेल , रौतहट, जेठ ९
केही दिनदेखि हुदै आएको बन्द, हडतालको
कारण देखाउदै हेटौडा दुग्ध उत्पादक संस्थाले दूध संकलन बन्द गर्ने सूचना
जारी गरेपछि किसानहरु मर्कामा परेका छन् । रौतहट जिल्लाको चन्द्रनिगाहपुर,
पौराई, जुडिवेला, सिन्दुरेधारी, गैडाटार लगायतका ११ स्थानमा रहेको सहकारी
संस्थामार्फत दैनिक ३० हजार लिटर दूध खरीद गर्दै आएको हेटौडा दूध उत्पादक
संस्थाले दूध संलकन नगर्न पत्र पठाएपछि किसानहरु चिन्तित भएका हुन् । दैनिक
दूध विक्रीबाट घर खर्च चलाउदै आएका किसानहरु दूध विक्री गर्न नपाएपछि
समस्यामा परेको स्थानीय यमबहादुर कार्कीले बताउनुभयो । बन्दका बारेमा दूध
चिस्याउने केन्द्र चन्द्रनिगाहपुरका प्रमुख जय बहादुर गोलेसंग बुझ्दा
माथिको निर्देशन भएकोले दूध संकलन गर्न नसकिने बताउनुभयो ।