काठमाण्डौं, जेष्ठ १६
पछिल्लो नेपालको राजनीतिक घटनाक्रमको
बारेमा प्रधानमन्त्री डा बावुराम भट्टराईलाई भेटेर चिनिया राजदुत याङ्ग
होउलान र भारतीय राजदूत जयन्त प्रसादले चासो राख्नु भएको छ । छुट्टाछुट्टै
रुपमा भएको भेटको क्रममा दुवै देशका राजदूतले मुलुकमा संविधानसभा र संसद
विघटन, यसपछिको दलहरुबीचको सम्बन्धको बारेमा जिज्ञासा राख्नु भएको थियो ।
भेटमा प्रधानमन्त्रीले बर्तमान राजनीतिक घटनाक्रमबारे स्पष्टपार्दै
संविधानसभाको नयाँ निर्वाचनको घोषणासँगै देशमा लोकतान्त्रिक प्रक्रिया जारी
रहने विश्वास दिलाउनु भएको बताइएको छ ।