Responsive Ad Slot

latest

कांग्रेस र एमालेबीच संविधानका विवादमा एकमत, सरकारमा सहभागि हुने एमालेको संकेत ।।

Tuesday, May 8

/ by Admin BHOLA THAPA

वैशाख २६- नेपाली कांग्रेस र नेकपा एमालेले संविधानका विवादित विषयमा साझा धारणा बनाएका छन् । एमाले पार्टी कार्यालय बल्खुमा बिहान बसेको दुवै दलको बैठकमा शासकीय स्वजरुपमा मिश्रीत प्रणाली अपनाउने र धेरै अधिकार प्रधानमन्त्रीलाई दिनुपर्नेमा सहमति बनेको छ । त्यस्तै सबैभन्दा विवादित बनेको राज्यपुनर्संचनामा बढिमा ८ राज्य बनाउने र त्यसको आधार जातिय बन्न नदिनेमा पनि सहमति बनेको नेताहरुले बताएका छन् ।

आजै त्यस विषयमा माओवादीसँग छलफल गरेर सहमति गरिने एमाले नेता युवराज ज्ञवालीले जानकारी दिनुभयो । त्यस्तै एमाले सरकारका सहभागि हुने विषयमा पनि दुईदलबीच छलफल भएको छ । माओवादीले मधेसी मोर्चाले लिएका वाहेक सबै मन्त्रालय रोजेर लिन प्रस्ताव गरेपछि निर्णय परिवर्तन गर्न सकिने सोचमा पुगेको एमालेलाई कांग्रेसले जसरी भए पनि सहभागि हुन आग्रह गरेको छ । सरकार सहभागिताको विषयमा अन्तिम निर्णय गर्न एमाले स्थायी समितिको बैठक बस्दैछ । बिहान कांग्रेससँग छलफल हुनुअघि पनि अनौपचारीक रुपमा स्थायी समितिको बैठक बसेको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI