दुबई, युएई
दुबई । विश्वको विभिन्न राष्ट्रहरुमा ८५
प्रशेन्ट व्यापार गर्दै नेपालमा पनि ४ हजार २ सयभन्दा बढी आफ्नो शाखाहरु
संचालन गरेको वेस्ट्र्रन युनियन मनी ट्रान्सफरले गत २१ मे सोमबारका दिन
दुबईको अरब उडूपी रेष्टुरेण्टमा नेपालबाट आउनु भएका प्रतिनिधिहरु र
युएईस्थित रहेका नेपाली संघ संस्थाका प्रतिनिधिहरु र एक्सचेन्जमा कार्यरत
प्रतिनिधिहरुको बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमको अवसरमा नेपालबाट आउनु
भएका वेस्ट्र्रन युनियन नेपालका लागि निर्देशक आतिशकृष्ण श्रेष्ठ, हुलास
रेमिटेन्सका निर्देशक हेमन्त गोल्छा, अन्नपूर्ण ट्राभल्स एण्ड टुर प्रा.लि.
का विजिनेश मैनेजर दीपक अमात्या र चौधरी ग्रुपका जेनेरल मैनेजर आषिश शर्मा
रहनु भएको थियो भने युएईका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी
व्यावसायी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा वेस्ट्र्रन युनियन मनी
ट्रान्सफरको व्यावसायलाई अझै सरल र शुलभ तहबाट सेवा ल्याउनको बारेमा विशेष
छलफल गरिएको थियो । समाजसेवी चन्द्रप्रसाद सापकोटाले अन्य मनी ट्रान्सफरको
तुलनामा वेस्ट्र्रन युनियनको ट्रान्सफर शुल्क धेरै रहेको र पैसा लिनको लागि
धेरै प्रक्रिया रहेकोमा यसलाई संशोधन गर्नु पर्नेमा आफ्नो जिज्ञासा राख्नु
भयो । त्यस्तैगरी फस्ट मोवाइल बैंकका विजिनेस डेभोलपमेन्ट मैनेजर किशोर
घिमिरेले वेस्ट्र्रन युनियन मनी ट्रान्सफरले पनि अन्य मनी ट्रान्सफरले
लिएको ट्रान्सफर चार्जसंगै सेवा उपलब्ध गराउनमा आग्रह समेत गर्नु भयो ।
खासगरी खाडी मुलुकका नेपाली कमिटीहरुसंग
समन्वय राख्दै सक्दो सहुलियत सेवा उपलब्ध गराउनमा निर्देशक श्रेष्ठले आफ्नो
प्रतिवद्धता जाहिर गर्नु भयो । आफ्नो विचार राख्नेहरुमा चन्द्र रोकाह,
महेश मोक्तान, चन्द्रप्रसाद सापकोटा, नारायन अधिकारी उत्तम अधिकारी, सि.यम
ढकाल र किशोर घिमिरे रहेका थिए ।
रेमिटेन्सलाई कसरी देशमा भित्र्याउने र
पैसा रिसिभ गर्ने व्यक्तिलाई सक्दो सहुलियत सेवा उपलब्ध गराउंदै आफ्नो
व्यावसायलाई हरेक नेपालीहरुसम्म पु¥याउने हेतुले गरिएको अन्तरक्रिया
कार्यक्रमकलाई संचालन लोकनाथ सुवेदीले गर्नु भएको थियो ।