काठमाण्डौं, जेष्ठ १७
नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले पार्टी कार्यकर्तालाई गाउँगाउँ जान निर्देशन दिनुभएको छ । आफ्नो निवास महाराजगन्जमा पुगेका कार्यकर्तालाई कोइरालाले पार्टीलाई जनताका माझ सशक्त बनाउन र पार्टीको आधिकारिक धारणा लैजान आग्रह गर्नुभयो । अब राष्ट्रिय सहमतिका आधारमा मुलुकमा कुनै पनि बेला निर्वाचन हुनसक्ने भएकोले उहाँले कार्यकर्तालाई जिल्ला फर्कन निर्देशन दिनुभएको हो । सभापति कोइरालाले राष्ट्रिय सहमतिको सरकार छिटै गठन हुने आश्वासन पनि दिनुभयो । काङ्ग्रेसले हिजो आफ्नो केन्द्रीय समितिको बैठकबाट जनताको लामो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धिलाई समाप्त पार्ने षड्यन्त्रविरुद्ध देशव्यापीरूपमा सङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । सभापति कोइरालाले कार्यकर्तालाई सोही निर्णयका आधारमा अगाडि बढ्न आग्रह गर्दै आगामी दिनमा जनताका पक्षमा पार्टीलाई अझै सशक्त बनाउनसमेत निर्देशन दिनुभयो । यसैबीच आजै सभापति कोइरालाले निवर्तमान सभासद्सँग छलफल गरी आवश्यक निर्देशन दिने कार्यक्रम तय भएको उहाँका पे्रस सल्लाहकार विपुल पोखरेलले जानकारी दिनुभयो । पार्टी कार्यालय सानेपामा हुने निवर्तमान सभासद्सँगको छलफलपछि पार्टीको केन्द्रीय समितिको बैठक अपराह्न १ बजे बस्ने कार्यक्रम छ ।