काठमाडौ, जेठ ११
सरकारले संविधानसभाको म्याद तीन महिना थप गर्ने प्रस्ताव गरेपछि पार्टीबाट
चर्को विरोध खेपेका उपप्रधान तथा रक्षा मन्त्री कृष्णप्रसाद सिटौलाले
कांग्रेस सभापति शुशिल कोइरालालाई राजीनामा पत्र बुझाएका छन् ।
राजीनामा
पत्रमा सिटौलाले माओवादीले सहमति विपरित चल्न खोजेको र आफू सर्वोच्च
अदालतको फैसलाका विरूद्ध जान नसक्ने उल्लेख गरेका छन् । उनले सहमतिय सरकार
भनिएपनि सहमति अनुरूप सरकार हिड्न नसकेको उनको भनाई छ ।
सिटौलाले
आफूले नचाहँदा नचाहँदै प्रधानमन्त्रीले जबरजस्ती म्याद थपेको आरोप लगाएका
उनले बुधबार पार्टी बैठकमा आफू आजदेखी नै क्याबिनेटको सदस्य नरहेको बताएका
थिए । यता म्याद थपको प्रस्तावको विरोधमा सिटौलाले राजीनामा बुझाएका छन्
भने माओवादीले म्याद नथप्ने निर्णय केहीबर अघि गरेको छ । माओवादीको म्याद
थप्ने निर्णयपछी कांग्रेस सरकारबाट बाहिरिने या सरकारमा नै रहने भन्ने बारे
पनि आज बस्ने कांग्रेसको केन्द्रिय कार्यसमिति बैठकमा छलफल हनेछ ।